माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’
२०७५ ज्येष्ठ २६ – आषाढ १ गतेसम्म

अधिकज्येष्ठकृष्ण दशमी – शुद्धज्येष्ठशुक्ल द्वितीयासम्म

२७ गते परमा एकादशीव्रत,

२८ गते सोमप्रदोषव्रत,

३० गते दर्शश्राद्ध, अपूपदान अधिकमास समाप्ति, हलो तथा निशि बार्ने,

१ गते चन्द्रोदय,

मेषः साता सरदर खालको रहनेछ । शनिबार उच्च खर्च हुन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार सर्वाधिक क्रियाशील रहनेछ । यश मिल्नेछ ।

वृषः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार सबै प्रकारले लाभदायक रहनेछ । रवि, सोमबार सावधानयोग्य रहनेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । बृहस्पति, शुक्रबार बोलीवचनमा प्रभाव बढ्नेछ ।

मिथुनः साताको प्रायः दिन अनुकूल रहनेछन् । शनिबार सम्मानित भइनेछ । रवि, सोमबार नवीन आयस्रोत खुल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार उपयुक्त अवसर प्राप्त हुनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ ।

कर्कटः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार कडा संघर्षपूर्वक कार्यव्रmम बन्नेछ । मंगल, बुधबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । बृहस्पति, शुक्रबार व्यवधान बढ्नेछ ।

सिंहः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । बृहस्पति, शुक्रबार महिलाका तर्फबाट लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

कन्याः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार कठिनाइका साथ आटेको काममा सफलता मिल्नेछ ।

तुलाः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार आटे ताकेको काम सजिलै बन्नेछ । रवि, सोमबार दाम्पत्य जीवन सुखमय रहनेछ । मनोरञ्जन गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार धर्मकर्ममा अवरोध आउन सक्नेछ ।

वृश्चिकः साताको सुरु र अन्तिम बाहेकका सबै दिनहरु अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । मंगल, बुधबार अत्यन्त सुखद र रमाइलो रहनेछ । बृहस्पति, शुक्रबार शिथिल प्रायः रहनेछ ।

धनुः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मावलीतिरबाट सन्तोष मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन रमाउनेछ ।

मकरः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ ।

कुम्भः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीवचनमा सावधान रहनु पर्नेछ । रवि, सोमबार साताकै सर्वाधिक सफलता प्रदायक रहनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ बृहस्पति, शुक्रबार मनमा चिन्ता हुनेछ ।

मीनः साता मिश्रित रहनेछ । शनिबार भाग्योदय हुनेछ । उच्चस्तरीय कार्यक्रम बन्नेछ । रवि, सोमबार मध्यम रहनेछ । मंगल, बुधबार साताकै सर्वाधिक कार्यसिद्धिदायक रहनेछ । जोश, जाँगर बढ्नेछ । बृहस्पति, शुक्रबार शिथिल प्रायः रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah