अमेरिका र उत्तर कोरियाका नेताहरूबीच मंगलबार लागि निर्धारित भएको शिखरवार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप आइतवार नै सिङ्गापुर पुगिसकेका छन् ।

दुवै नेताहरूलाई विदेशमन्त्री भिभियन बालाकृष्णनले स्वागत गरेका थिए।

सिङ्गापुर पुग्नासाथ ट्रंपले ट्विटमार्फत त्यहाँ पुगेकोमा उत्साहित रहेको जनाएका छन् । मंगलवार राष्ट्रपति ट्रंपको ७२ औँ जन्मदिन पनि हो र यसका लागि सिङ्गापुरक प्रधानमन्त्रीले त्यहाँको राष्ट्रपति निवास ‘इस्टाना’मा उनलाई जन्मदिनको पूर्वअवसरमा केक समेत उपहार दिएका छन् । बैठक ‘धेरै रोचक’ हुनेछ भनेर ट्रंपले आफ्नो ट्विटमा लेखेका छन्।

किमसँग सोमवारको लागि कुनै विशेष कार्यक्रम छैन। उनले सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ्सँग हिजै भेटवार्ता गरिसकेका छन् ।

ट्रंप र किम अन्तर्राष्ट्रिय मिडियासामु स्थानीय समय अनुसार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान सवा ११ बजे) एक अर्कालाई भेट्ने छन् । वार्ता चाँडो-चाँडो सम्पन्न गर्ने कार्यक्रम रहेको छ। समाचार अनुसार उत्तर कोरियाली प्रतिनिधि मण्डल स्थानीय समय अनुसार दिनको २ बजे (नेपाली समय अनुसार सवाँ ४ बजे ) स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यस अघि उत्तर कोरियाली सरकारी मिडियाले दुई देशबिचको वार्तापछि उनीहरूको देशले संयुक्त राज्य अमेरिकासँग ‘नयाँ सम्बन्धहरु स्थापना’ गर्ने जनाएको छ ।

ट्रंप र किमबीच ऐतिहासिक भेटवार्ताको पूर्वसन्ध्यामा वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिद्वारा प्रकाशित गरिने समाचारपत्र ‘रोदोङ सिन्मुन’को सम्पादकीयमा किमले यस भेटवार्ताबाट ‘नयाँ युगका चुनौतीहरू’ सम्बोधन गर्न खोजेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah