अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो शिखर वार्ता सकिएको छ ।सिंगापुरमा केहीबेरअघि सकिएको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए ।
लगत्तै किम पनि बाहिरिए ।एेतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।पुराना मतभेदलार्इ भुलेर आफूहरू अगाडि बढिसकेको भन्दै उनले भने, ‘दुर्इ देशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएको छ ।
मलार्इ विश्वास छ, यो सम्बन्ध सौहार्दपूर्ण र दुर्इ देशको हितमा अघि बढ्नेछ । ‘यस्तै, किमले कयौँ बाधालार्इ चिर्दै यो शिखर वार्ता सम्भव भएको प्रतिकृया दिए ।‘हाम्राबीचमा थुप्रै असमझदारीहरू थिए । कयौँ बाधा थिए । ती सबैलार्इ चिर्दै हामी वार्तामा बस्न सफल भएका छौँ,’ उनले भने, ‘यसलार्इ मैले एेतिहासिक मानेको छु । धेरै नै राम्रो काम भएको छ ।’दुर्इ नेताबीचको एकान्त ‘वन टु वन’ वार्तामा दोभासेलार्इ मात्र प्रवेशको अनुमति थियो ।विश्लेषकहरूले यो वार्तालार्इ थुप्रै कारणले एेतिहासिक भनेका छन् ।



