२०७५, ज्येष्ठ ३० गते बुधबार, अधिकज्येष्ठकृण अमावास्या, रोहिणी नक्षत्र, धृतियोग, वृषमा चन्द्रमा,
मेषः दिन मध्यम छ । अािर्थक विचलन देखिन सक्नेछ । बोलीवचनमा पनि सावधान रहनु पर्नेछ खानपानमा ध्यान दिनु उचित हुनेछ ।
वृषः दिन भाग्योदयकारक छ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मिथुनः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।
कर्कटः दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ ।
सिंहः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।
कन्याः दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । मनमा अशान्ति हुनेछ ।
तुलाः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।
वृश्चिकः दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।
धनुः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । पराव्रmम बढ्नेछ ।
मकरः दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गनुृ बुद्धिमानी हुनेछ ।
कुम्भः दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।
मीनः दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।



