दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खेल मन्त्री राज्यवर्द्धन राठोरले सुरू गरेको फिट्नेस च्यालेन्ज स्वीकार गर्दै एक भिडियो सेयर गरेका छन्।बुधबार प्रधानमन्त्री मोदीले विभिन्न योगाभ्यास गर्दै गरेको भिडियो आफ्नो ट्विटर एकाउन्टमा सेयर गरी फिटनेस च्यालेन्ज गरेका हुन्।
प्रधानमन्त्री मोदीले कर्नाटकका हालका मुख्यमन्त्री एचडीकुमार स्वामी र खेलाडी मनिका बत्रालाई पनि फिटनेस च्यालेन्ज दिएका छन्।मोदीले भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पनि फिटनेस च्यालेन्ज दिएका छन्।
भिडियोमा प्रधानमन्त्री मोदी उत्साहितका साथ योगा गरिरहेको देखिन्छ।यसले व्यस्त दिनचर्याबीच पनि प्रधानमन्त्री मोदीले स्वास्थ्यमा विशेष ध्यान दिएको पाइन्छ।त्यसैले उनको यो फिटनेस मन्त्र आम मानिसका लागि काम लाग्न सक्छ।
उनले ट्विटरमा लेखेका छन्,’ मर्निङवाक गरेको भिडियो राख्दैछु, योगाबाहेक पञ्चतत्वबाट पनि प्रभावित छु।यसबाट रिफ्रेस फिल गर्छु।’मोदी हरेक दिन बिहान ४ बजे उठिसक्छन्।त्यसपछि उनी प्राणायाम, योगा र सूर्य नारायण नमस्कारमा लिप्त हुन्छन।यसो गर्दा स्वास्थ्यलाई फाइदा हुने उनी बताउँछन्।
प्रधानमन्त्री मोदी प्रत्येक दिन एक घन्टा योगाभ्यासमा बिताउँछन्।योगासँग घनिस्ट सम्बन्ध रहेको र योगा नै फिटनेस मन्त्र भएको उनको भनाइ छ। योगाले शारीरिक मात्र नभएर मानसिक रुपमा पनि फिट हुने उनी बताउँछन्।हरेक बिहान योगा गरिसकेपछि उनी ध्यान गर्छन्।जहाँ गएपनि योगा र ध्यान गर्न भने छुटाउँदैनन्।योगा गरिसकेपछि अदुवा राखेको चिया र सामान्य नास्ता गरी काममा व्यस्त हुन्छन्।
मोदीले बताए अनुसार चिकित्सकले उनलाई ५ घन्टा सुत्न सल्लाह दिएका छन् तर उनी ३-४ घन्टा मात्र सुत्छन्।उनी भन्छन्, गहिरो निद्रामा ३-४ घन्टा सुत्दा निन्द्रा पूरा हुन्छ।’उनले एक अन्तर्वार्तामा भनेका छन्,’म बिहान छिटो उठेर राति अबेरसम्म काम गर्न सक्छु, मलाई लाग्छ कि यसको जादु भनेकै योगा र प्राणायाम हो, जो म नियमित गर्दै आएको छु।’
उनी थप्छन्,’ जब म थाक्छु, त्यसपछि लामो श्वास लिन्छु, यसबाट आनन्द अनुभूति मिल्छ।’
मोदी सानैदेखि फास्ट फुडबाट टाढा छन्।उनलाई इडली डोसा र पोहा मन पर्छ।त्यसैले उनी जहाँ गएपनि कुक बद्री मीनालाई लान्छन् ।उनी शाकाहारी भएपनि गुजराती खिचडी भने खुबै मन पराउँछन्। कागती पानी पिउँछन्।लामो भाषण गर्नुपर्दा वा कुराकानी गर्दा मनतातो पानी पिउँछन्।
https://youtu.be/G7aTk1uZJrw



