काठमाडौं । विश्वकप फुटबलको प्रतीक्षा समाप्त भएको छ । रुसको मस्कोस्थित लुजानकी रंगशालामा २१औं संस्करण भव्य समारोहबीच सुरु भएको छ ।

फिफाको बहुचर्चित भ्रष्टाचार प्रकरण, आयोजक रुसको अमेरिका तथा युरोपियन युनियनसँगको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुस उदघाटन समारोहमा प्रवेश गरिसकेको छ ।

सुरुमै ८१ हजार दर्शक क्षमताको लुजानकी रंगशालामा प्रवेश गरेका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले दर्शकलाई सा‌ंगीतिक माहाेलमा लिए । विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाएर स्वागत गरिन् । यस्तै, ब्राजिलका पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्को मुख्य आकर्षण बने ।

रुसमा पहिलो पटक हुन लागेको विश्वकपको यो संस्करणमा पनि अघिल्ला संस्करण झैं विश्वभरबाट छानिएका ३२ देश प्रतिस्पर्धा गर्दैछन् ।

यो पटक पाँचपटक विश्वकप जितिसकेको ब्राजिल, साविक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेता फ्रान्स तथा स्पेन उपाधिका मुख्य दाबेदार मानिएका छन् ।
लुजानकी रंगशालाबाटै सुभारम्भ भएको विश्वकपले एक महिनापछि यही रंगशालाबाट बिदा लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah