एजेन्सी–कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् ।

उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा रहेका थिए । आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारीलाई धक्का दिएको थियो ।

राजकुमारको देब्रे हातमा चोट लागेको छ । उनीहरु दुवै जना खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

सुरक्षा अधिकारीहरुले उनको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah