
दमक-भोली बिहिबारदेखि दमक जेसिजको साधरणसभा हुदैछ । नयाँ नेतृत्व चयनका लागि हुने साधरणसभामा ६ जना आँकाक्षी देखिएकाछन् । जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको शाखा भएकाले देशभर यसलाई महत्वका साथ हेरिन्छ । उम्मेदवार धेरै भएपछि सर्वसम्मत नेतृत्वको सम्भावानाको बिषयमा बिभिन्न बहस शुरु भएकाछन् । को होला त दमक जेसिजको अबको अध्यक्ष ?
१, गोबिन्दराज कट्टेल
कट्टेल सर्वसम्मत अध्यक्ष बन्ने प्रवल सम्भावाना रहेको छ । किनकी उनि दमक जेसिसमा सिनियर सदस्य हुन् । उनी जेसिसमा पहिला निक्कै खटेका र बारम्बार अध्यक्षको दाबी गर्दै सहमतिका लागि भन्दै छाड्दै पनि आएकाछन् । उनलाई फेरि पनि सर्वसम्मत अरुलाई बनाउनका लागि बस्न आग्रह गर्ने सम्भावाना न्यून छ । लगातर तीन पटक अरुका लागि उनले अध्यक्ष पद त्यागेकाछन् । उनको जागिर र ब्यस्तताले पछिल्लो समयमा केहि कम समय जेसिसलाई दिएको भनेर आलोचना भएपनि उनी त्यो स्वीकार्न तयार छैनन् । जेसिसका हरेक कार्यक्रम र अभियानमा आफ्नो सहभागिता रहेको भन्दै आफू यसपटक अध्यक्षबाट ब्याक नहुने उम्मेदवारको रुपमा आफूलाई उभ्याएकाछन् ।
२, बद्रि बराल
स्वभाविक रुपमा महासचिबले अध्यक्षको दाबी गर्न स्वभाविक मानिन्छ । यस कारण उनको पनि दाबी आएको छ । बराल आफू अध्यक्षको बलियो उम्मेदवार ठान्दछन् । अघिल्लो पटक अन्तिम समयमा महासचिबको मनोनयन हुदा कतिपय अचम्मित भएका थिए । फेरि अध्यक्षमा उठे खासै अचम्म मान्नु नपर्ने कतिपय जेसिसहरु बताउछन् । अर्का अ्रध्यक्षका उम्मेदवार कट्टेल ब्याक नभएको अवस्थामा र अध्यक्षमा आफ्नो दाबी नछाडेमा बराल ब्याक सर्ने श्रोतको भनाई छ । निर्वाचन हुने अवस्था आएमा र कट्टेल बाहेकका उम्मेदवारसंग उनि निर्वाचनमा जान पनि तयार रहेको उनका एकजना निकट सहयोगिले बताएकाछन ।
३, चन्द्र खत्री
खत्री सजिलो मान्छेको रुपमा चिनिन्छन् । उनले प्रकाश अधिकारीलाइ राष्ट्रिय अध्यक्ष बनाउनका लागि सचिबालय सञ्चालन लगायतका काममा महत्वपूर्ण भूमिका खेलेकाछन् । उनी दमकमा युवाहरुमा लोकप्रीय नै मानिन्छन् । उनको खटाइ र मिहीनेतका कारण पनि उनि अध्यक्षको दाबेदारमा दरिएकाछन् । उनलाइ अघिल्लो पटक नै महासचिबको रुपमा हेरिएको थियो । अघिल्लो पटक अध्यक्षको दाबी गरेका उनले सर्बसम्मतको वातवरण बनाउका लागि सन्तोष अधिकारीलाई बाटो खुला गरेका थिए । मनोनयनको नाम पढ्नु केहिसमय अघिसम्म उनलाइ महासचिबको रुपमा हेरिएपनि उनको मनोनयन कोषाध्यक्षमा भएको थियो ।
४, भीमराज केसी
केसी पनि अध्यक्षको दाबेदारको रुपमा देखिएकाछन् । स्वभाविक रुपमा जेसिसमा बोर्डमा लगातार ३ देखि ४ पटकसम्म बसेपछि अध्यक्षका लागि दाबी शुरु हुने गर्छ । केसीले अहिलेसम्म जेसिसमा आफ्नो लगानी र खटाइका कारण अध्यक्षमा योग्य भएको बताउदै आएकाछन् । उनले पनि अध्यक्षमा आफूलाई उभ्याउने बताइन्छ । सर्वसम्मतको वातवरण बन्न नसकेमा केसीलाई पनि अध्यक्षको दाबेदारको रुपमा जेसिस बृतमा छलफल र बहस हुन थालेको छ ।
अध्यक्षमा अरु नामहरु पनि आएकाछन् । गोपाल गुरागाइ, बिमल नेपाल लगायतको पनि आँकाक्षा यसमा रहेको जनाईएको छ । उनिहरु यो पटक नभएपनि अर्को पटकका लागि अहिलेदेखि नै दाबी गर्नेछन् । यता कार्यकारिणि उपाध्यक्षमा पनि प्रतिस्पर्धा रहेको छ । चर्चामा सुयोग खरेल, शशिराज बिष्ठ, बिष्णुप्रसाद पोखरेल, सीता कार्की, दीनेश अग्रवाल लगाएको नाम चर्चामा रहेको छ । सर्वसम्मत भएमा दूइजना कार्यकारिणि उपाध्यक्ष र अन्य दूइजना बोर्डमा कुनै माध्यमबाट अटाउनेछन् ।
४ जना उपाध्यक्षका लागि ८ जनाभन्दा बढिको दाबी रहेको छ । नबिन अग्रवाल, झलराज गौतम (राज)ु,संन्दिप न्यौपाने, सन्दिप चापागाइ, बिदुर नेपाल, नीरज आचार्य लगायतका नाम चचाए रहेको छ । जनसम्पर्क अधिकारीमा बिश्वासकुमार काश्यप, बीना पराजुली र माथि उल्लेखित नाममा कोहि नअटाएमने अवस्थामा उनिहरुमध्येबाट नै आउनसक्नेछ । तालिममा मुकेश अग्रवालको नाम चर्चामा रहेको छ ।



