बिहार । भारतको बिहार राज्यको अररिया जिल्लामा जीप पोखरीमा डुब्दा त्यसमा सवार ६ बालबालिकाको ज्यान गएको छ । यस्तै, जीपबाट एक बालकको भने सकुशल उद्धार गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उद्धार गरिएका बालबालिकाको नजिकको अस्पतालमा उपचार भइरहेको छ । उक्त पोखरीमा डुबेको जीपमा कति बालबालिका थिए भनेर पुष्टि नभइसकेको भारतीय मिडियाले जनाएका छन् ।
साथै, अहिलेसम्म ६ बालबालिकाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ । तर, पहिचान भने खुल्न बाँकि रहेको संचारमाध्यमले जनाएका छन् । -एजेन्सी



