मुम्बई, असार १४ । मुम्बईको घाटकोपरमा चाटर विमान दुर्घटना भएको छ । भीडभाडयुक्त क्षेत्रमा दुर्घटनामा भएको बताइएको छ । क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
तर दुर्घटनामा एक जना पाइलट, तीन यात्रु र एयर होस्टेजको मृत्यु भएको बताइएको छ । तर अहिलेसम्म यसको अधिकारी रुपमा पुष्टी भने भएको छैन ।
दुर्घटना बिहीबार दिउँसो १.३० बजे घाटकोपरको सर्वोदय नगरस्थित आवासिय क्षेत्रमा भएको थियो । ठूलो मानवीय क्षति नहोस भनेर पाइलटले विमानलाई निर्माणाधीन भवनतिर लगेको बताइएको छ ।
दुर्घटना भएको विमान भारत उत्तर प्रदेश सरकारको भएको बताइएको छ । तर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका प्रमुख सचिव एसपी गोयलले भनेका छन्, ‘मुम्बईमा दुर्घटना भएको विमान युपी सरकारले सन २०१४ मा नै बेचि सकेको हो । यो कसले किन्यो, यससम्बन्धमा मलाई केही जानकारी छैन ।’
भारतीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उधृत गर्दै दुर्घटनापछि एक जना आगोको लप्काबाट बाहिर निस्किदै गरेको उल्लेख छ । घटनास्थलमा अग्नि नियन्त्रकको टोली पुगी सकेको र आगो नियन्त्रणको प्रयास गरिरहेका
विमान दुर्घटनामा परि फसिरहेका मानिसहरुको उद्दारको प्रयास जारी रहेको पनि बताइएको छ । मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।
दर्घटनाको के कारणले भयो भन्ने बारे भने अहिलेसम्म थाहा सकेको छैन ।
-एभरेस्ट दैनिक बाट साभार



