बीबीसी

गणित, विज्ञान, इतिहास, मृत्यु ?

हो । हुनसक्छ भविष्यमा अष्ट्रेलियाका बच्चाहरुले अन्य विषयसँगै मृत्युको पढाई पनि गर्न पाउनेछन् ।

अष्ट्रेलियाको मेडिकल असोसिएसन क्विन्सल्याण्डले यससम्बन्धि प्रस्ताव पेश गरेको छ ।

युवाहरुले जीवनको अन्त्यबारे थाहा पाउन् र यसबारे खुलेर कुरा गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो गरिएको बताइएको छ ।

डाक्टर रिचर्ड भन्छन्, ‘हाम्रो उद्देश्य यो हो कि युवाहरु आफ्ना आमा–बुवा र हजुरबुवा हजुरआमासँग जीवनको अन्त्यका बारे सहजतासँग कुरा गर्न सकून् ता कि छोराछोरीले थाहा पाउन् कि उनीहरु कसरी मृत्युवरण गर्न चाहन्छन् । यो जानकारीले भविष्यमा उनीहरुलाई निकै सहयोग गर्नेछ ।’

अहिले युवा यस्तो प्रकारको मुश्किल निर्णयबारे कुरा गर्न सक्दैनन् त्यसकारण उनीहरुले आफ्ना निकै नजिकका मानिसहरुको मृत्यु आफ्नो सामू नभई अस्पतालमा भएको देख्छन् ।

त्यसकारण बच्चाहरुलाई स्कूलमा नै मृत्युसँग जोडिएका पाठ पढाइने योजना बनाइएको छ ।

जीवनको अन्तिम पलः

अष्ट्रेलियाका डाक्टरको तर्क छ कि यदि बच्चाहरुलाई कक्षाकोठामा आवश्यक कानून र नैतिक कर्तव्यका साथै इच्छामृत्युबारे पढाइए उनीहरुका लागि यस्तो मामला कम ‘पीडादायी’ हुनेछ र यसले मानिसहरुलाई उचित निर्णय लिन मद्दत गर्नेछ ।

डाक्टर रिचर्ड किडका अनुसार यदि स्कूलमा यो विषय पढाइए युवाले आफन्तलाई अन्तिम अवस्थामा कसरी उपचार गर्ने भन्नेबारे उचित निर्णय लिन सक्नेछन् ।

उनी भन्छन्, ‘मैले २१ वर्षका युवाहरु यस्तो मुश्किल प्रश्नसँग जुधिरहेको देखेको छु ।’

उनीहरुलाई प्रियजनको हित हुने र कानूनको पनि उल्लंघन नगर्नका लागि के गर्ने भन्ने बारे थाहा नै हुँदैन ।

मृत्यु बारे बनेका ट्याबुका कारण परिवारले आवश्यक निर्णय लिन निकै ढिला गर्ने उनको भनाई छ ।

यदि आफन्तलाई केही नराम्रो भए उनीहरु कस्तो प्रकारको उपचार चाहन्छन् भन्ने बारे धेरैलाई थाहा हुँदैन ।

उनी भन्छन्, ‘यसकारण युवाहरुलाई यी कुराका लागि तयार गर्नु आवश्यक छ ता कि उनीहरु आफ्ना प्रियजनसँग मुश्किल कुराकानी गर्न सकून् ।’

‘डेथ लेसन’ मा यससँग जोडिएका कानूनी पाटो, इच्छामृत्यु, भविष्यमा कस्तो प्रकारको उपचार दिइने र मृत्युको प्रक्रियाबारे पढाइनेछ ।

संस्कृतिको हिस्साः

यो विषय पहिले नै भएका विषय बायोलोजी, मेडिसिन, ल एण्ड इथिक्सको हिस्साको रुपमा पढाइनेछ ।

डाक्टर किडका अनुसार मृत्युसँग जोडिएको शिक्षा पाएपछि अष्ट्रेलिया, अमेरिका र ब्रिटेनजस्ता देश मेक्सीकोको पदचिन्हमा हिँड्न थाल्नेछन् ।

मेक्सीकोमा मृत्यु संस्कृतीको महत्वपूर्ण हिस्सा हो । यहाँसम्म कि त्यहाँका मानिसहरु मृत्युको खुसीयाली मनाउँछन् । यसका लागि मेक्सीकोमा डेथ फेस्टिबल मनाइन्छ ।

उनले अर्को एक देशको उदाहरण दिँदै भने, ‘आयरल्याण्डमा पनि कसैको मृत्यु हुँदा उत्सव मनाइन्छ ।’

मृत्युबारे खुलेर कुरा गर्ने संस्कृति सुरु हुँदा मानिसहरुको मर्ने स्थानमा पनि परिवर्तन आउनेछ ।

अष्ट्रेलियामा धेरैजसो मानिसहरुको मृत्यु अस्पतालमा नै हुन्छ जबकी धेरै मानिसहरु आफ्नो अन्तिम पल आफ्नो घर र आफन्तका बीच बिताउन चाहन्छन् ।

डाक्टर किड भन्छन्, ‘१५ प्रतिशत मानिसमात्र आफ्नो घरमा अन्तिम सास फेर्न पाउँछन् । तर धेरैजसो मानिसहरुको यस्तो भाग्य हुँदैन, उनीहरुको अस्पतालमा नै मृत्यु हुन्छ । जबकी थोरै तयारी गरेर उनीहरुलाई आफ्नो अन्तिम पल घरमा बिताउने मौका दिन सकिन्छ ।’

जीवन र मृत्युको प्रश्नः

सयौं वर्ष अघि मानिसहरु घरमा नै मर्ने सामान्य कुरा थियो । तर आधुनिक चिकित्सा पद्धतीमार्फत यस्ता मेसिन विकसित गरियो जसले मानिसहरुलाई थप केही समयसम्म जीवित राख्न सकिन्छ । अस्पतालमा यस्तै मेसिनमा मानिसहरुलाई महिनौं र वर्षौंसम्म जीवित राख्न सकिन्छ जबकी यसले अन्त्यमा बिरामीलाई केही फाइदा पुर्याउँदैन ।

उनी भन्छन्, ‘मानिसहरुले यो निर्णय गर्न सक्छन कि एक समयपछि उनीहरु अस्पतालमा यत्तिकै बस्नुको साटो आरामले घरमा अन्तिम सास फेर्ने ।’

डेथ लेसनको प्रस्तावलाई क्विन्सल्याण्डको शिक्षा मन्त्रालय पठाइएको छ र डाक्टर किड आशा गर्छन् कि यो सन्देश संसारका अन्य भागसम्म पुग्नेछ ।

मृत्युबारे कुराकानी पक्कै पनि सजिलो हुँदैन तर यो जीवन र मृत्युको प्रश्न भने पक्कै हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah