एजेन्सी– दुई हप्ता देखि थाइल्याण्डको गुफामा फसेका बालकहरुमध्येबाट दुई बालकहरुको उद्दार गरिएको छ ।
उत्तरी थाइल्याण्डमा दुई हप्तादेखि फसेका बालक फुटबल खेलाडीहरुको समूहबाट कम्तिमा दुई जना बाहिर निकालिएका छन् ।
उनीहरुलाई थाई सेना र गोत्ताखोरहरुको टोलीले उद्धार गरेका हुन् ।
वर्षाको सम्भवाना बढेपछि उद्दारकर्ताहरुले आइतबार यो खतरनाक अभियानलाई अघि बढाउने निर्णय गरेका थिए ।
अहिले गोताखोरहरुले १२ बालक एक कोचहरुलाई लिएर गुफाको अन्धकार र ठाँउ–ठाँउमा पानीमा पुरै डुबेको बाटोहरुबाट लिएर अघि बढिरहेको रिपोर्ट आएको छ ।
उनीहरुलाई समूहमा उद्दार गरिंदैछ । यो अभियानलाई कति समय लाग्छ भने अझै स्पष्ट भएको छैन ।
एजेन्सी



