मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

झन्झटिला काम आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्‍याउनेछ । कुरा कम काम बढी गरे सार्थक उपलब्धि हात पार्न सकिनेछ । प्रेमिकाको झूटो आश्वासनमा पर्दा क्षति बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय व्यतीत होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछ । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बाबजुद घरपरिवारका लागि पनि समय दिनुपर्ला । विपक्षीको छलकपट तथा जालझेलबाट भने सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

सामान्य मनमुटावमै टाढि‘एका प्रेमी–प्रेमिकाबीच विश्वासिलो वातावरण सिर्जना हुनेछ । आकस्मिक यात्रा हुन सक्छ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो प्रतिभाका कारण पुरस्कृत हुने योग छ । उथलपुथलपूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाउन केही समय कुर्नुपर्नेछ । मन मिल्नेहरूको विश्वासमा परी कार्य सम्पन्न गर्दा कतिपय काममा धोका हुन सक्छ । तथ्य कुरा पत्ता लगाउन सके विपरीत परिस्थितिको सामना गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नम्रतापूर्वक व्यवहार गरे तपाईंको विचारले समर्थन पाउनेछ । विदेश अध्ययनका लागि कदम चालिनेछ । नजिकका नातेदारले आफ्ना भनाइ नसच्याउँदा तिक्तता बढ्न सक्छ । मोबाइल, नगद वा गरगहना गुमाउन सक्ने सम्भावना भएकाले चनाखो रहनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार प्राप्त गर्न सकिनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यताका साथ काम सम्पन्न गर्न सकिएला । टाढा भ‘एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आम्दानीको दिगो स्रोत पहिल्याउन सकिएला । सवारी साधन खरिदगर्ने प्रक्रिया अघि बढ्नेछ । नाम र धनले चुनौती निम्त्याउन सक्छ । समय बलवान् भए पनि प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुपर्ने होला । मनोरञ्जनका क्रममा भेटिएमा मित्रहरूले तपाईंबाट फाइदा उठाउन सक्छन् । संयमित व्यवहारमा जोड दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू

पैतृक धन उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । प्रेमसम्बन्धमा सावधानी अपनाउन सक्नुपर्छ । पारिवारिक खिचातानीले आफ्नो काम ओझेलमा पर्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सरकारी सेवामा अवसर पाइनेछ । भूमि तथा सवारी साधन प्राप्त हुने सम्भावना टरेको छैन । स्थान परिवर्तनको संयोग जुट्न सक्छ । पारिवारिक सम्बन्धमा मिश्रित फल प्राप्त हुनेछ । सोमबारपछिका दिनमा पूर्वमित्रहरूसँग भलाकुसारी हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भविष्यको चिन्ताले सताउनेछ । मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । आशालाग्दा काम सम्पन्न गर्न सकिनेछ । विभिन्न यात्राको योग भए पनि त्यो लाभदायक नहुन सक्छ । मनोरञ्जनका क्रममा अपजसको सामना गर्नुपर्ला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साता खर्चिलो रहनेछ । प्रेमी वा प्रेमिकाका लागि पनि खर्च गर्नुपर्ने हुन सक्छ । कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । भ्रमणका क्रममा अत्यावश्यक खर्चको जोहो गरी राख्नु उचित हुन्छ । नीलो रंगले शुभ फल दिलाउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यवसायले विदेशयात्राको अवसर जुटाउन सक्छ । मन ठूलो लगानीतर्फ आकर्षित होला । हितैषीहरूसँग पहिलेका कमजोरीहरू सच्याउँदै पुनस् सुमधुर सम्बन्ध बनाउन सकिनेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । धेरैको प्रशंसा बटुल्दै अरूको मन जित्न सकिएला । समाजसेवातर्फ लागिनेछ । विशेष कामको जग बसाउन केही समय कुर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय