काठमाडौं – आयरल्यान्डको विमान कम्पनी रायन एयरको विमानमा अक्सिजनको स्तर कम हुँदा फ्र्यांकफर्टको हान विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको छ ।
अक्सिजन कम हुँदा विमानका ३३ यात्रुलाई अस्पताल पु–याउनुपरेको थियो ।
रायन एयरका प्रवक्ताले बताएअनुसार, उडान संख्या एफआर ७३१२ मा अचानक अक्जिसनको कमी भएपनि अवतरण गर्नुपरेको थियो ।
यो विमान डब्लिनबाट क्रोएसिया गइरहेको थियो ।
जर्मनीको संघीय प्रहरीका प्रवक्ताले भने, ‘यात्रीहरूले टाउको दुखेको र कानमा पीडा भएको गुनासो गरे । उनीहरूलाई चक्कर पनि आइरहेको थियो ।’
जर्मन मिडियाका अनुसार, केही यात्रुहरू अस्पतालबाट छुटिसकेका छन् भने केही चाहिँ अझै अस्पतालमै छन् ।
एजेन्सी



