मिदनापुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् ।
टेन्टको एउटा भाग खसेपछि भाषण गर्दै गरेका मोदीले तत्कालै सम्बोधन रोकेर सुरक्षाकर्मीहरुलाई मद्दतका लागि निर्देशन दिएको पिटीआइले जनाएको छ । सुरक्षाकर्मीका अनुसार, गीलो माटोमा टेन्टका खम्बा गाडेको कारण दुर्घटना भएको थियो ।
घाइतेहरुलाई तत्कालै अस्पताल लगिएको छ । अस्पताल पुगेर मोदीले घाइतेहरुलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छन् ।
पश्चिम बंगालमा निकै तामझामका साथ शुरु भएको मोदीको आजको ¥याली ममता बनर्जी नेतृत्वदेखि अन्यलाई ठूलो झटका थियो ।
तृणमूल कांग्रेसले मोदीको बिरोध गर्दै ममता बनर्जीका पोष्टरहरु सहरभरि छ्याप्छ्याप्ती लगाएको थियो । सम्बोधनमा मोदीले तृणमूल कांग्रेसको निकै आलोचना गरेका थिए ।
२०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी पश्चिम बंगालमा १६.८० प्रतिशत भोट ल्याउन सफल एको थियो । यसपछि उपचुनावमा २३.२९ प्रंशित भोट पाइएको थियो ।
मोदीको सभामा टेण्ट खसेको घटनालाई केहीले भने अपशकुनको संज्ञा दिँदै मोदी र भाजपाको आलोचना गरेका छन् ।



