
दमक-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राष्ट्रिय हित बिपरितको संबिधान शंशोधन प्रस्ताव पारित हुन नदिने बताएकाछन् । एमाले जब सम्म रहन्छ त्यो समयसम्म संसदमा टेबुल भएको संविधान संशोधन विधेयक पारित नहुने उनले बताएकाहुन् ।
गृहनगर झापाको दमकमा निर्माण भएको राजधानी बाहिरको पहिलो आकाशे पुलको उद्घाटन गर्दै ओलीले पहाड र तराइका जनताको चाहाना बिपरित आएको प्रस्ताव बिफल हुने भन्दै सरकारलाई जबरजस्ती नगर्न आग्रह गरे । हिमाल, पहाड र तराईमा मिलेर बसेका जनतालाई संविधान संशोधन गरेर अलग्यांउन खोजेको आरोप लगाउदै जनताले यो चाल पाइसकेको जनाए । बहुजाति, बहुभाषि भएको नेपाल रहेको भन्दै हिमाल, पहाड र तराई अलग्याँउने कुरा त कल्पना सम्म गर्न नसकिने उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि हालतमा देशलाई विखण्डन तर्फ जान नदिने बताए । काडमाडौँमा लोडसेडिंग अन्त्य हुनुमा अहिलेको सरकारको कुनै योगदान नरहेको भन्दै आफूले यस बिषयमा बोल्दा सबैले हावादारी भनेर उडाएको र अहिले त्यहि प्रमाणित भएको जनाए । नेपालमा पूर्व पश्चिम रेलमार्ग निर्माण गर्ने, हावाबाट विजुली निकाल्ने बिषय पनि हावादारी नभएको भन्दै यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
पूर्वपश्चिम राजमार्गमा निर्माण भएको उक्त आकाशे पुल नेपालमा राजधानि बाहिरकै पहिलो भएको बताईएको छ । यो कुल १ करोड १४ लाख ८ सय ६३ ?पैयाँमा निर्माण भएको हो । जसमा दमक नगरपालिकाको ४० लाख ४८ हजार ८ सय ६३ ?पैयाँ र ७३ लाख २५ हजार ?पैया अन्य श्रोतबाट निर्माण भएको हो । कार्यक्रममा पूर्व मन्त्री अग्नि खरेल, साँसद महेन्द्रकुमारी सुब्बा लगायतले बोलेका थिए । ओलीले मंगलवार नै झापाको धरमपुर र दमकका दूइवटा सडकको कालोपत्रेको शिलन्यास समेत गरेकाछन् ।







