एजेन्सी – भारतको दिल्ली हरियाणका एक युवकले फेसबुकमा लाइभ दिँदै झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि ती युवाले फेसबुकमा लाइभ गरेका थिए । उनको आत्महत्याको यो तरिका देख्नेहरु आश्चर्यमा परेका छन् । उनले आफूले किन आत्महत्या गरेँ भन्नेबारे लाइभमा केही बताएका छैनन् ।
हरियाणास्थित गुरुग्रामको पटौदी इलाकाका १६ वर्षे अमित चौहानले सोमबार साँझ फेसबुकमा लाइभ गरिरहेका थिए । उनका केही साथीहरुले त्यो लाइभ समेत हेरेका थिए । त्यसै समयमा एक च्यादर लिएर पंखामा झुण्डिएको देखिएको थियो । केही साथीहरुले लाभइलाई मजाक सम्झे र ठट्टेउला कमेन्ट र इमेज पठाएका थिए ।
अचानक ती युवाको लाइभ बन्द भयो र दोस्रो लाइभ सुरु भयो जसमा ती युवाले आफ्नो गलामा पासो लगाएर आत्महत्या गरेको देखिएको थियो । उनले आत्महत्या किन गरे भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन । भारतीय मिडियाले प्रहरीमा यसबारे अहिलेसम्म कुनै उजुरी दर्ता नभएको जनाएका छन् ।
खबरअनुसार अमितको परिवारले मंगलबार उनको अन्तिम संस्कारसमेत गरेका छन् । पछिल्लो २ वर्षदेखि उनी मानसिक रोगको सिकार बनेका थिए र उनको उपचार चलिरहेको थियो । घटनाका बारेमा मंगलबार मात्रै एक गाउँलेले प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीले यसबारेमा अनुसन्धान गर्ने जनाएको छ ।



