मेरो नाम अब्दुल्लाज डुखान हो । म १८ वर्षको भएँ । म सिरियाका ४ लाख विस्थापितमध्ये एक हुँ । हामीले हाम्रा आफन्तसँगै हाम्रा मुटुहरू गुमाएका छौं । यी यहाँका कुनै सडककिनारमा पुरिएका छन् ।
म यो पत्र तपार्इंलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा शुभकामना सन्देशसहित प्रेषित गरेको हुँ । तपार्इंलाई तपार्इंका अभिव्यक्तिले हाम्रो भविष्यमा पार्ने प्रभावबारे पनि सचेत गराउनका लागि हो यो पत्र । हामीले अन्तर्राष्ट्रिय समुदायबाट समर्थन प्राप्त होस् भनेर एउटा गुलाबबाट संघर्षको उठान गरेका थियौं ।
हामीले लिएको गुलाब बन्दुकमा परिणत भएको छ । तर पनि समर्थनको अपेक्षा अझै पनि रहेको छ । वर्षहरू बिते अहिलेसम्म न त गुलाबले काम ग¥यो न त हाम्रो आशाले काम गर्यो ।
के तिम्रा अघिल्ला शासकले हाम्रो आशाको पक्षमा काम गरे ? हामीलाई थाहा छैन । तर पनि हामीमा अझै विश्वास कायम छ । तिम्रा अभिव्यक्तिले हामीमा असर पार्छन् । तिमीले हाम्रो भविष्य परिवर्तन गर्न सक्छौ भन्ने आशा छ ।
आन्दोलन सुरु भएसँगै चार वर्षअगाडि हामी हाम्रो परिवारसहित सिरिया छाड्न बाध्य भयौं । तर, हामीले सैनिकका ट्यांकहरूविरुद्ध के नै गर्न सक्छौं र ? आकाशबाट मृत्यु खसिरहेका बेला हामी के नै पो गर्न सक्छौं र ?
अरूहरू जस्तै हामी पनि टर्की पुग्यौं । टर्कीबाट ग्रिस आइपुगेका छौं । हामी हाम्रा सहरहरू, सडकका गल्ली र घरहरू ध्वस्त भएको दृश्य हेरेर यात्रा तय गर्यौं । हामी कमजोर छौं । हामी अन्तर्राष्ट्रिय समुदायको समर्थन चाहन्छौं । हामीलाई थाहा छ, यो समर्थन आउनेछ । यही विश्वासले हामी अगाडि बढेका छौं । हामीलाई यही विश्वासले चलायमान बनाएको छ ।
अहिले म शरणार्थी भएको छु । शरणार्थी शिविरमा जीवन बिताउन कठिन भनेको आफन्तहरूसँग टाढिनु हो । मानिसहरूले हामीबीचमा पर्खाल बनाएका छन् । यही पर्खालवरिपरि देशहरूले अर्को पर्खाल खडा गरेका छन् ।
आदरणीय भावी राष्ट्रपति, यी सीमाहरूले हाम्रा भविष्य मारिरहेका छन् । मैले सपनाहरू उनीहरूको शरीरसँगै मृत देखेको छु । आत्माविनाका मानिसहरूसँगै सपनाहरू टाढिएका छन् ।
हुन सक्छ आज शरणार्थीका रूपमा मेरो अन्तिम दिन हो । र, भोलि म विश्वको कुनै सुरक्षित कुनामा हुनेछु । हुन सक्छ, म फेरि मेरो प्यारो सिरिया नै फर्किएर पुनर्निर्माण थाल्नेछु । हुन सक्छ, म फेरि अर्को दिनको सपना देख्नेछु ।
आदरणीय भावी राष्ट्रपति, कसैले न कसैले हाम्रा शब्दहरू सुन्नेछन् भन्ने हामीले आशा गरेका छौं । हामीले विश्वास गरेका छौं यो तपार्इंले गर्नुहुनेछ । राजधानी दैनिकमा खबर छ ।



