बिष्णुप्रसाद पोखरेल/दमक÷झापा दमक ११ का ब्यवसायि राजकुमार श्रेष्ठले शनिबार सम्ममा १ सय पटक रक्तदान गरेर पूर्वमा नै सबैभन्दा बढि रक्तदान गर्ने ब्याक्तिको रुपमा आफूलाई उभ्याएकाछन् । राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले शनिबार लायन्स क्लव अफ इष्टर्न लाइनले आयोजना गरेको रक्तदानमा रगतदान गरेर आफ्नो सय पटक रक्तदानको रेकर्ड बनाएकाहुन् ।
लायन्स क्लव नेपालमा भित्रिएको सय बर्ष पुगेको अवसरमा क्लवले आयोजना गरेको रक्तदानमा सय नम्बरमा नै सय पटकको रक्तदान श्रेष्ठले गरेकाहुन् । उनलाई क्लवले सम्मान समेत गरेको छ । अहिलेसम्म आफू स्वस्थ रहेको र स्वस्थ रहुन्जेल रक्तदान गरिहरने बताउदै श्रेष्ठले २०४९ सालदेखि रक्तदान गर्न शुरु गरेको बताए ।
तत्कालिन अवस्थामा प्ररायुसंघ दमक नगरकमिटीले रक्तदान कार्यक्रम गर्दा रक्तदान गर्ने कोहि पनि ननस्किएको र आफू अध्यक्ष भएकाले आफूबाट शुरु गरेको स्मरण गर्दै त्यसपछि शुरु गरेको यो अभियान अहिलेसम्म पनि जारी रहेको उनि बताउछन् । शुरुवातको दिनमा मनमा डर भएपनि त्यसपछि बिस्तारै आफू बानी परेको र अहिले ३ महिना बितेपछि आफै दिन मन लाग्ने उनि बताउछन् ।
बार्षिक कम्तिमा ४ पटक र रगतको अभाव भएर अस्पतालबाट फोन आएमा जुनसुकै अवस्थामा पनि उनि रक्तदान गर्न पुग्ने गर्छन् । सरदरमा बार्षिक ५ पटकसम्म रक्तदान गर्ने गरेको उनि सुनाउछन् । पहिला रक्तदान गर्दा हेर्नेको भिड हुने गरेको सम्झदै अहिले चेतनाले पहिला जस्तो नरहेको उनको अनुभव रहेको छ ।
लायन्स क्लवले शनिबार प्रमुख आकर्षण श्रेष्ठलाइ बनाएर गरेको रक्तदानमा १ सय १६ जनाले रक्तदान गरेको लायन्स क्लवका जोन चियर पर्सन बबरजंग थापाले बताए । उनका अनुसार लायन्स क्लव मार्फत पूर्वमा एकैसाथ यति धेरै रगत संकलन भएको यो पहिलो हो । यहि अवसरमा सबैभन्दा बढि सय पटक रक्तदान गरेर दमकको गौरव बढाएकाले श्रेष्ठलाइ सम्मान समेत गरिएको लायन्स क्लव अफ दमक स्टर्नलाइनका अध्यक्ष बिकास अग्रवालले बताए ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=kGtbj9dYbF0



