अङ्कारा । टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ । सोमबारको त्यो घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले जनाएका छन् । टर्कीका सरकारी अधिकारीका अनुसार दूतावासमा ६ राउण्ड गोली प्रहार भएको हो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको छ।

दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको बताएका छन् । ‘घटनामा परी कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन’ उनले भने, ‘हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौं । टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गरेका छन् । अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो । अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईको शर्त राखेको थियो ।

टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । त्यसको प्रभावले टर्कीमा मुद्रास्फीर्ति भएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah