काठमाडौं – माइक्रोसफ्टका सहसंस्थापक अर्बपति पल एलेनको स्पेस कम्पनीले स्ट्य्राटोलउन्च सिस्टम्स कोर जहाजको माग बढिरहेको देखेर आगामी वर्षमा ठूलो मालवाहक विमान बनाउन लागेको छ ।

लउन्च सिस्टम तयार पारेर भूउपग्रहलाई अन्तरिक्षमा सजिलै स्थापित गर्ने कम्पनीको लक्ष्य छ । यसअन्तर्गत कम्पनीले सोमवार मध्यम लिफ्ट रकेट र एक अन्तरिक्ष मालवाहक विमानको तयारीको परियोजना शुरू गरेको जनायो ।

कम मूल्यमा यस्ता विमान बनाउने कम्पनीको लक्ष्य छ । अन्य अन्तरिक्ष व्यवसायी र एलन मस्कको स्पेसएक्स तथा युनाइटेड लउन्च अलायन्स जस्ता उद्योगसँग कम्पनीको प्रतिस्पर्धा छ ।

स्ट्य्राटोलउन्चको विमान अढाइ लाख किलोग्रामसम्मको संयुक्त भारका साथ एक रकेट र पेलोड लैजानका लागि डिजाइन गरिएको हो । यसबाट स्पेसएक्स फाल्कन ९ रकेट जमीनबाट प्रक्षेपण गर्न सकिन्छ ।

टील ग्रुप स्पेसका विश्लेषक मार्को क्यास्रेसका अनुसार, सन् २०२० देखि हरेक वर्ष ८०० साना उपग्रहलाई प्रक्षेपण गर्ने काम शुरू हुँदैछ ।

विमानमा ६ वटा इन्जिन पनि हुनेछन् अनि ३८५ फीटका विंगस्प्यान (पखेटा) हुनेछन् । पखेटाको लम्बाइ एक फूटबल मैदानभन्दा धेर हुनेछ ।

विमानमा २८ वटा पांग्रा हुनेछन् । विमानम दुई ककपिट हुनेछन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah