काठमाडौं — जापानमा जेबी तुफानले विनाश मच्चाएको छ । यो जापानमा २५ वर्षको सबभन्दा शक्तिशाली तुफान हो ।

मंगलवारदेखि आजसम्म मर्नेको संख्या १० पुगेको छ । बाह्र लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पानी भरिँदा उडान बन्द भएका छन् । अनि नजिकैको पुल भत्किँदा तीन हजार यात्री फसेका छन् ।

तुफान शुकोकु र कोबे अनि होन्शु शहर पुग्यो । तुफानका कारण सडक, ट्रेन र हवाई तीनै यातायात व्यवस्था प्रभावित भएका छन् । देशमा ८०० भन्दा बढी उडान मंगलवार रद्द गर्नुपरेको छ । बीस प्रान्तमा १६ हजार मानिसले मंगलवार राति राहत शिविरमा बिताउनुपरेको थियो ।

कान्साईमा चर्को हावा चलेपछि घरका छतहरू उडे । पुलमा रहेका ट्रकहरू लडे ।

ओसाकामा कान्साई विमानस्थल जोड्ने पुलसँग २५ सय ९१ टनको ट्यांकर ठोक्कियो । पुलमा नोक्सानी भएको छ । यसले गर्दा कान्साई विमानस्थल मुख्य टापुबाट अलग्गियो ।

अधिकारीहरूले त्यहाँ फसेका यात्रीलाई डुंगा र बसमार्फत नजिकैको कोबे विमानस्थल लगेका छन् । त्यहाँबाट दिनदिनै ४०० विमान उड्छन् ।

मौसम विभागले पूर्वोत्तर इलाकामा भारी वर्षा, आँधी र पहिरोको चेतावनी जारी गरेको छ । मंगलवार जेबी तुफान आउँदा हावाको गति २१६ किलोमिटर प्रतिघन्टा थियो । त्यसपछि त्यो घट्दै गयो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah