माघ-६,दमक-पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बिहीबार एकै दिन तीन वटा ठूला योजनाहरुको शिलान्यास गरेका छन् । ओलीले एकैदिन ६० करोडभन्दा बढि लागतको ३ वटा योजनाहरु शिलन्यास गर्दै झापाको क्षेत्र नं. ७ लाइ देशको नै नमुना क्षेत्र बनाउने उद्घोष पनि गरेकाछन् ।

झापा क्षेत्र नम्बर ७ का सांसद समेत रहेका ओलीले दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, दमक–१९ को सेतुमारी–कोहबरा जोड्ने रतुवा खोलाको पुल र लखनपुरको मंगलबारे–धरमपुर–शिबगञ्ज सडकको स्तरोन्नतीको शिलान्यास गरेकाहुन । शिलन्यास कार्यक्रममा बोल्दै बिकास निर्माण कसैको एकलौटी नहुने र सबैको साझा भएको भन्दै राजनीतिक दलहरुले बिकासका एजेण्डालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
उनले झापा क्षेत्र नम्बर ७ लाई नमुना क्षेत्रको रुपमा बिकास गर्न आफु लागिरहेको बताउदै अघिल्लो निर्वाचनमा आफू यहाँको प्रतिनिधि हुन नसक्दा बिकास पुराना स्थितिमा नै रहेको स्मरण गर्दै अब यस क्षेत्रको बिकास अरुका लागि अनुकरणिय हुने ओलीले दाबी गरे । उनले बिकासको गतिलाई अब कसैले पनि रोक्न नसक्ने र पीच सडक हेर्नलाई राजमार्गमा आउनु पर्ने अवस्थाको अन्त्य हुने जनाए ।
दमक १९ मा रतुवा खोलाको पुल करिब ३३ करोड, दमक १७ मा मावा खोलाको पुल करिब २३ करोड र सडक स्तरउन्नती ७ करोडको लागतमा हुने बताइएको छ । ओलीले यी योजनाहरु निर्धारित समयमा सक्न र गुणस्तरिय बनाउनका लागि निर्माण पक्षलाई सजग समेत गराएका थिए ।
ओलीले दमक १७ को पुल शिलान्यास गर्ने भनेपछि हिजो नै एकीकृत नेकपा माओबादी केन्द्रका नेता गगन पुरीले आफू नाटकीय रुपमा शिलन्यास गरेका थिए । स्थानीयलाई मन्त्री आएर शिलन्यास गर्ने भनेर झुक्याइए पनि केहि दर्जन ब्याक्तिबाट शिलन्यास सहभागि भएकोमा बिहिबार शिलन्यासमा हजारौको सहभागिता रहेको थियो ।
यता लखनपुरमा आदिबासी जनजाती महासंघ झापा र लखनपुरमा निर्माणाधिन रंगशालाको निर्माण उपभोक्ताले लखनपुर ओलीलाइ कालोझण्डा देखाउने तयारी गरेपछि ब्यापक प्रहरी परिचालन गरिएको थियो ।

oli-pul-silyanaas

भिडियो 

https://youtu.be/akZNXFCITfA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah