पाकिस्ताले नयाँ प्रधानमन्त्रीका रुपमा पूर्व क्रिकेटर इमरान खानलाई पाएको छ । उनले प्रधानमन्त्री बनेपछि नै केही नयाँ घोषणाहरु गरे । त्यसमा एउटा थियो, प्रधानमन्त्रीका कारको लिलामी । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री आवासमा रहेका सुविधासम्पन्न गाडी र हेलिकप्टर बेचिरहेको छ । बुलेटप्रुफ कार र सुविधा सम्पन्न गाडीले क्रेताको ध्यान आकर्षित ग¥यो । तर सरकारले सोचेजस्तो पैसा आउने भने देखिएको छैन ।
लिलामकर्ताबाट सरकारलाई करिब ६० लाख डलर आउने अनुमान थियो । तर ६ लाख डलर मात्रै आयो । कर्जासंकटबाट उन्मुत्तिका लागि सरकारले थक केही चिज पनि लिलामी गर्नेछ । यसै अनुसार मन्त्रिपरिषदका सदस्यका लागि प्रयोग गर्न राखिएका केही हेलिकप्टर पनि लिलाम हुनेछन् । बोली लगाउनेले यसप्रति धेरै रुची देखाएका छन् । लिलामी यसै महिनाको अन्त्यसम्ममा हुनेछ । चर्चाअनुसार प्रधानमन्त्री आवासका ८ वटा भैंसी पनि बेचिनेछ । तर, सरकारका तर्फबाट यसबारेमा अहिलेसम्म आधिकारिक कुनै जानकारी बाहिर आएको छैन । यसै महिनाको सुरुमा प्रधानमन्त्री इमरान खानका सहयोगी नइमुल हकले भैसीको लिलामीबारे ट्विट गरेर सबैलाइै आश्चर्यमा पारेका थिए । प्रधानमन्त्री कार्यालयका कार लिलामी गरेर खान भने हेलिकप्टरमार्फत कार्यालय पुगेपछि उनको चर्को आलोचना पनि भएको थियो । तर उनले ट्राफिक जामबाट बच्न यस्तो गर्नुपरेको जवाफ आएको थियो । सोमबार मात्रै १ सय कार लिलामीका लागि राखिए पनि ६२ वटा मात्रै बिकेका थिए ।
लिलाम भएका कारामा दुई सबैभन्दा महंगा कारमा मेबेच एस–६०० एस कार थिए । जुन सन् २०१६ मा नवाज सरिफको समयमा किनिएका हुन् । यी कारका लागि १३ लाख डलरको सुरुवाती बोली लगाउँदा धेरै हाँसेका थिए । यी दुई कारका लागि कसैले बोली लगाएनन् । यसका साथै सात बीएमडब्लु र १९९३ का १४ वटा मर्सिडिज बेन्ज एस–३०० पनि बिकेनन् । लिलामीका लागि अर्को नयाँ कार थियो, टोयोटा २०१५ बुलेटप्रुफ ल्यान्डक्रुजर । जसको मूल्य करिब दुई लाख डलर थियो । केही कार सुविधासम्पन्न नभएर ८० को दशकमा किनिएका थिए । रावल पिन्डीका अफजलले दुई वटा कार किने । त्यसमध्ये एउटा सबैभन्दा कम मूल्यमा खरिद गरिएको थियो । जसमा एउटा सुजुकी कार थियो । जुन कार उनले ४ हजार डलरमा किनेका थिए । अफजलले यो कार आफूले छोराका लागि किनेको बताए । उनी भन्छन्, ‘यसका लागि धेरै पैसा दिन मलाई गाह्रो छैन । किनकि यो पैसा सरकारी ढुकुटीमा नै जाने हो । जो हाम्रा प्रधानमन्त्रीको चाहाना पनि हो ।’
कराचीबाट आएका एक व्यक्तिले चार २००५ आम्र्ड मर्सिडिज जीपमध्ये एउटा खरिद गरे । उनी बस फर्मास्युटिकल कम्पनीका हुन् । उनले कुनै पनि मूल्य परेपनि आफूलाई सुविधा सम्पन्न गाडी चाहिएको बताए । बोली लगाउनका लागि आएका मानिसमा केहीको ध्यान भने सरकारका चार हेलिकप्टर र ८ भैसीतर्फ पनि डोहोरिएको थियो । यिनीहरु पनि छिट्टै लिलामी हुँदैछन् । कर्जा चुक्ताका लागि सुविधासम्पन्न कार बेच्नुका अलवा प्रधानमन्त्री इमरान खानले केही सरकारी स्वामित्वका भवनलाई विश्वविद्यालयमा रुपान्तरण गरिदिएका छन् र सरकारी कार्यालयमा एयर कन्डिसन पनि कटौती गर्ने तयारी गरेका छन् ।



