पालु, इन्डोनेसिया। इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन्।

इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए।

बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य जारी रहेको छ। उक्त भवनमा कति व्यक्ति थिए भन्ने अझै थाहा हुन सकेको छैन। तर, भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।

इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५५८ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शुक्रबार बताएका छन्।
भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ। यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah