मेक्सिको, असोज २३ । न्यान्सी नामक यी महिला आफ्नो शिशु भ्यालेन्टिनाका साथ सेप्टेम्बर ६ देखि हराइरहेकी थिइन् ।

मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन् । उनीहरूलाई गत हप्ता बिहीवार पक्राउ गरिएको थियो। हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको प्रामको खनतलासी गर्दा प्रहरीहरूले मानव अङ्ग भेट्टाएका थिए। पक्राउ परेका पुरुषले केही महिलाको बलात्कार पनि गरेको अनि तिनका हड्डी बेचिदिएको बताएका छन्।

कहाँ कहाँ भेटिए मानव अंग ?

अनुसन्धानकर्ताहरूले उक्त दम्पतीको कोठा तथा नजिकैको अर्को स्थानमा कैयौँ मानव अंग भेटेका छन् । सिमेन्ट राखिएका बाल्टिनहरू तथा फ्रिजभित्र ती अ‌ंग पाइएका छन् । अभियोजनकर्ताहरूले ती दम्पतीले मानव अंग बेचेको बताएका छन् । तर कसलाई बेचेको भन्ने प्रष्ट छैन ।

छिमेकीहरूले ती दम्पतीलाई जहिले देखे पनि प्राम गुडाइरहेको देखेको बताए। तिनै प्राममा पनि मानव अंग भेटिएको थियो । सेप्टेम्बरमा एक २८ वर्षीया महिला न्यान्सी र उनकी २ महिने शिशु भ्यालेन्टिना हराएपछि प्रहरीले ती दम्पतीलाई रोकेर सोधपुछ गरेको थियो । बीबीसीबाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah