आज भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्मदिन हो । कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो ।

भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो ।

बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही मननीय भनाइहरु छन् । जसलाई आत्मसात गर्नसके जीवनमा सफलता मिल्न सक्छ ।
– सबै चराहरुले बर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।

– जीवनमा पहिलो सफलतापछि रोकिनु हुँदैन । किनकी यदि तपाई अर्को प्रयासमा असफल हुनुभयो भने दुनियाँले तपाईको पहिलो सफलताको कारण तपार्इंको भाग्यलाई ठान्नेछ, क्षमतालाई होइन ।
-असफलताले मलाई कहिल्यै पनि पछाडि पार्न सक्दैन, किनकी मेरो सफलताको परिभाषा एकदमै बलियो छ ।

– यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।
– आकाशतिर हेर्नुुस्, हामी एक्लो छैनौं । पूरा ब्रह्माण्ड हाम्रो लागि अनुकूल छ । जो सपना देख्छन् र मेहनत गर्छन् उनीहरुले सोचेजस्तै प्रतिफल पाउने पक्का हुन्छ ।

– सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।

– एउटा राम्रो किताब हज्जारौं साथी समान हुन्छ । जबकी एउटा असल साथी पूरै पुस्तकालय बराबर हुन्छ ।

– जीवनमा समस्याहरु हामीलाई बर्बाद गर्नको लागि आउँदैनन् । यिनीहरुले हामीभित्र लुकेर रहेको सामथ्र्यलाई बाहिर निकाल्न हामीलाई मद्दत गर्छन् ।

– समस्यालाई थाहा हुन दिनुुस् कि तपाई समस्याभन्दा पनि बलियो हुनुहुन्छ ।

– देशको सबैभन्दा तीक्ष्ण दिमाग कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।

– तपाईंको सपना पूरा हुनका लागि तपाईंले सपना देख्नुपर्ने हुन्छ ।

साभार: अन्लाईन समाचार !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah