
मेष राशि
४ र ५ गते मनमा केही शान्ति छाउला । प्रिय वस्तुहरु प्राप्त होलान् । मनमा उत्साह होला । सहयोगीहरूले साथ देलान् । नसोचेका क्षेत्रबाट लाभ होला । ६ र ७ गते परिश्रम पूर्व गरेका काम सफल होलान् । पठनपाठनमा रुचि बढ्ला । आफन्तीसँग भएका विवाद तथा तनाव साम्य होलान् । धनमाल वस्तु प्राप्त होला शुभकार्यको थालनी होला । ८ गते सहयोगीहरुको प्रशस्तै आउलान् । मनमा हर्ष रहला । नयाँ काम थाल्ने योजना बन्लान् । काममा सहयोग गर्ने विशिष्ट व्यक्तिहरुको आइपुग्दा नयाँ बाटाहरू भेटिएलान् । ९ र १०गते स्वास्थ्य भने केही कमजोर देखिएला । धन मालवस्तुहरुमा हानी होलान् । नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्ला । मानसिक चिन्ता पर्ला । अपमान सहनु पर्ला ।
वृष राशि
४ र ५ गते स्वास्थ्य भने केही कमजोर बन्ला । धनहानी होला । आफन्तीसँग विवाद होला । मानसिक चिन्ता पर्ला । आर्थिक संकटसँग जुध्न पर्ला । ६ र ७ गते सामाजिक मानसम्मान र सत्कार प्राप्त होला । मन हर्षित रहला । अनौठा समाचार सुन्नुपर्ला । यातायात तथा यात्राबाट लाभ होला । नयाँ सहकार्यको कमाई अर्थात् व्यापारको बाटो थाहा होला । ८ गते मनमा दुविधा रहिरहला । होसियार भएर काम गर्दागर्दै पनि क्षति होला । शरीरमा आलस्यता रहला । धेरै परिश्रम गरेपनि थोरै लाभ भने प्राप्त होला । दिन सामान्य भएर बित्ला । ९ र १०गते अतिथिको सेवा गर्ने मौका मिल्ला । धन मालवस्तु अलङ्कार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।
मिथुन राशि
४ र ५ गते अतिथिको सेवा गर्ने मौका मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला । शरीरमा उत्साह बढ्ला । मन हर्षित रहला । पुराना व्यक्तिहरुसँगको भेट होला । ६ र ७ गते स्वास्थ्यमा समस्या देखिएला । अनावश्यक धन खर्च होला । आर्थिक सङ्कट पर्ला । आफन्तीसँग विवाद पर्ला । चोटपटकको लाग्न नसक्ला । ८ गते परिश्रमपूर्वक गरेको काम सफल होला । प्रशंसकहरू भेटिएलान् । आकस्मिक यात्रा हुनसक्ला । दिनभरको दौडधुप भएपनि साझा पछिभने खुशीको खबर सुनिएला । ९ र १० गते विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होलान् ।
कर्कट राशि
४ र ५ गते विशिष्ट व्यक्तिको प्राप्त होला । मानसम्मान अवधि राज्यलाई धनलाभ हुने नयाँबाट भेटिएला । इच्छा लागेका काम सम्पन्न होलान् । स्वास्थ्य राम्रो बन्ला मनमा उत्साह बाँडेर ज्याला । ६ र ७ गते विशिष्ट व्यक्ति सेवा गर्ने मौका मिल्ला । धनमाल बस्तुहरु प्राप्त होलान् । मनमा हर्ष रहला । स्वादिलो भोजन प्राप्त होला । आर्थिक आर्थिक लाभका नयाँबाट भेटिएलान् । ८ गते स्वास्थ्यमा केही समस्या आइपर्ला । धनु मालवस्तुहरु नाश होलान् । आफन्त तथा साथीभाईसँग झैझगडा पर्ला । मनमा चिन्ता होला । शत्रुहरु बढेर जाला । गरेका काम अपूरा होलान् । ९ र १०गते प्रशासनिक क्षेत्रबाट कर्म साथ नदेला । त्यसैगरी विशिष्ट काममा भाग्यले पनि साथ नदेला । घर परिवारका सदस्यबाट धोका होला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । ठाउँ परिवर्तन गर्नु पर्ला ।
सिंह राशि
४ र ५ गते प्रशासनिक पक्षबाट सहयोग होला । धन नास होला । पुत्र तथा परिवारबाट पनि असहयोग प्राप्त होला । गरेका काम बिग्रनाले आलस्यता प्राप्त होला । मन त्यसै खिन्न रहला । ६ र ७ गते विशिष्ट व्यक्तिले सहयोग गर्लान् । दाजुभाइ नातेदारहरुबाट पनि सहयोग प्राप्त होला । इच्छा गरेका काम वा काम पूरा होलान् । स्वास्थ्य राम्रो देखिएला । ८ गते घरमा पाहुनाको सेवा गर्ने मौका मिल्ला । धन वस्त्र आदि प्राप्त होला । मानसम्मानमा वृद्धि होला । हाँस खेल गरेर समय बित्ला । समय मनोरञ्जनयुक्त होला प्रसन्न मन रहला । ९ र १०गते आर्थिक संकटको सामना गर्नुपर्ला । रोगले सताउला । चिन्ता बढेर जाला । विरोधीहरुले काममा बाधा गर्लान् । धननाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।
कन्या राशि
४ र ५ गते सञ्चित धन नासो होला । आर्थिक सङ्कट आइपर्ला । शरीरमा रोगको भय रहला । चिन्ताले सताउला । पारिवारिक समस्या बढेर जाला । ६ र ७ गते राज्यपक्षबाट केही सुख मिल्ला । देशविदेशको यात्राको सम्भावना होला । धनलाभ होला । आफन्ती तथा मान्यजनबाट आशिर्वाद प्राप्त होला । गरेका काम सम्पन्न होलान् । ८ गते गरेका काम सिद्ध होलान् । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । आत्मविश्वास बढेर जाला । जोशजाँगर बढ्ला । ९ र १०गते नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।
तुला राशि
४ र ५ गते सहयोगीले सहयोग गर्लान् । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । सुखद यात्रा होला । स्वादिष्ट भोजन प्राप्त होला । मानसम्मान र धनलाभ होला । ६ र ७ गते शारीरिक अस्वस्थताले सताउला । नसोचेका ठाउँमा धन खर्च होला । गरेका काममा विरोधीहरुले अवरोध पुर्याउलान् । मानसिक तनाव पर्ला । सोचेका काममा झमेला बेहोर्नुपर्ला । ८ गते राज्यपक्षबाट सम्मान मिल्ला । धनमाल लाभ होला । मानसम्मान बृद्धि होला । अधुरा काम सम्पन्न होलान् । मनमा हर्ष होला । ९ र १०गते विरोधीहरु कमजोर होलान् । मित्रहरूको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।
बृश्चिक राशि
४ र ५ गते शत्रुहरुको नाश होला । रोगबाट मुक्ति मिल्ला । धनसम्पत्ति आगमन होला । उद्योग कार्य गर्दा सफल भइएला । यस प्राप्त होला घरबाट सुख प्राप्त होला । मनमा हर्ष होला । ६ र ७ गते थप प्राप्ति होला । दिन सामान्य रहला । सावरी साधनबाट सुख मिल्ला । मान तथा प्रशंसा बढेर जाला । विपरीतलिङ्गीबाट सुखशान्ति प्राप्त होला । व्यवसाय सफल रहला । लाभप्रद यात्रा होला । ८ गते धन आम्दानी होला । विरोधीबाट अपमान भने रहनुपर्ला । बेकारको परिश्रम गर्नु पर्ला । दिनको अन्तिममा भने काममा सफलता पाइएला । ९ र १०गते गरेका काम बिग्रेर मानसिक तनाब सहनु पर्ला । यात्रामा बाधा आउला । अन्तरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक स्वास्थ्यको विषयमा खर्च होला ।
धनु राशि
४ र ५ गते गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । प्रगतिको बाटोमा बाधा गरिदिनेहरु आइपर्लान् । शारीरिक अस्वस्थताले सताउला । मनमा अशान्ति रहला । ६ र ७ गते विपक्षीहरु भने निष्क्रिय रहलान् । सम्पत्ति प्राप्त होला । संघर्षपूर्ण तरिकाले गरेका काम सफल होलान् । व्यापारव्यवसायबाट भने सफलता प्राप्त गरिएला ।मान सम्मान मिल्ला । ८ गते यात्रामा सफलता प्राप्त होला । नसोचेका क्षेत्रबाट लाभ प्राप्त होला । काम केही सफल होला । मान्यजनबाट आशीर्वाद प्राप्त होला । ९ र १०गते शारीरिक समस्या केही बढ्ला । वादविवादकाबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला ।
मकर राशि
४ र ५ गते घरपरिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले सताउला । मानसिक चिन्ता पर्ला । अपमान गर्ने व्यक्तिहरुको सक्रियता रहला । ६ र ७ गते गरेका काम अपुरा होलान् । पठनपाठनको क्षेत्र भने मध्यम नै रहला । धेरै काम गरेर अधुरै रहला । अशुभ समाचार प्राप्त गर्नुपर्ला । पूरा हुनै लागेका कामहरु रोकिएला । ८ गते विपक्षीहरु निष्क्रिय रहलान् । आर्थिक पक्ष बलियो बन्ला । मानसम्मान प्राप्त होला शुभ समाचार सुन्न पाइएला । गरेका काम सफल होलान् । ९ र १०गते नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालवस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला ।
कुम्भ राशि
४ र ५ गते आर्थिक लाभ हुने बाटाहरु भेटिएलान् । उद्योग व्यावसाय गर्नेहरुलाई लाभ होला । सञ्चित वस्तुहरुमा भने क्षति हुनसक्ला । दौडधुपको बढी गर्नुपर्ला । संघर्षपूर्ण तरिकाले काम सम्पन्न गर्नुपर्ला । ६ र ७ गते घरपरिवारमा झैझमेला होला । आफन्तहरुले अनावश्यकरूपमा सताउलान् । अपमान गर्ने व्यक्तिहरुको सक्रिय रहलान् । मानसिक डर पर्ला । ८ गते संघर्षपूर्ण तरिकाले काम सम्पन्न होला । केही मात्रामा सहयोग गर्लान् । खर्च केही बढेपनि दिउँसो तिरबाट भने सयम तपाईँको पक्षमा रहला । विशिष्ट व्यक्तिसँग आकस्मिक भेट होला । ९ र १०गते पठनपाठनका क्षेत्रमा भने हानी होला । आफन्ती व्यक्तिले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला । धन मालवस्तुको हानी होला ।
मीन राशि
४ र ५ गते मनमा भने केही अशान्ति रहला । पठनपाठनमा समय व्यर्थ रहला । आफन्तीसँग व्यथामा झगडा पर्ला । परिश्रमपूर्वक गरेका काम भने सफल होला । धन हानी होला । ६ र ७ गते मनमा नयाँ किसिमको जोशजाँगर बढेर जाला । नयाँ काम थाल्ने वातावरण बन्ला । पुराना इष्टमित्रसँग भेट होला । मनमा हर्ष रहला । विशिष्ट व्यक्तिहरूसँग भेटघाट बढ्ला । ८ गते पारिवारिक झमेला बढेर जाला । मानसिक चिन्ता पार्ला । गरेका कामहरु सम्पन्न होलान् । आर्थिक आम्दानीका नयाँ बाटा भेटिएलान् । सहयोगीहरूले साथ देलान् । ९ र १० गते अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुप गरेपनि काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।



