दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झापा क्षेत्र नं. ७ का साँसद केपी शर्मा ओलीले प्रथम राष्ट्रिय बाल महोत्सवको सफलताको कामना गरेकाछन् । ओलीले आफ्नो तर्फबाट नेपालमा नै पहिलो पटक आफ्नो क्षेत्रमा हुन लागेको महोत्सवका लागि ५० हजार नगद् पनि सहयोग गर्नु भएको नेकपा एमालेका जिल्ला सदस्य बेनुप्रसाद शिवाकोटीले बताए ।
ओलीको सफलताको सन्देश सहित उक्त रकम शिवाकोटीले आइतवार महोत्सव मूल समितिका संयोजक सन्तोष भण्डारी र सदस्य दिनेश संग्रौलालाई प्रदान गरेको आयोजक समितिका सदस्य त्रीलोचन अधिकारीले बताए । यसले आफूहरुलाई हौसला मिलेको समेत उनले जनाएकाछन् ।
यसैबीच उज्यालो बाल क्लवले प्रथम राष्ट्रिय बाल महोत्सवको तयारी तिब्र पारेको जनाउदै यस्तै महोत्सवको नाममा बिभिन्न ठाँउहरुमा भ्रम छर्न खोजिएको सुनिन आएकोमा यस्तो नगर्न आग्रह गरेकाछन् । उनले माघ २५ गतेदेखि २९ गतेसम्म नेपालमा पहिलो बाल महोत्सव लखनपुर १ आदिबासी रंगशालामा हुने भण्डारीले बताए ।
बिभिन्न महोत्सवहरुको आयोजना भएपनि अहिलेसम्म बाल महोत्सव नेपालमा कहि पनि नभएकाले यसलाई सहयोग गर्नका लागि उज्यालो बाल क्लवले सबैसंग आग्रह समेत गरेको छ । बिदेश तथा स्वदेशमा रहेका सबैको सानो सहयोगले आफूहरुको बहृत बाल महोत्सव सफल हुने उज्यालो बाल क्लवकी कार्यवाहक अध्यक्ष टेलिना खनालले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah