एक संघीय न्यायाधीशले अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रूपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रूपमा रोक्न सोमबार आदेश दिएका छन् । सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको सुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए । मध्यअमेरिकी आप्रवासीहरूको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै सो आदेश जारी गरेका थिए ।

राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानवअधिकारवादी समूहहरूले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी नागरिक स्वतन्त्रता युनियनले आप्रवासीका रूपमा अमेरिका प्रवेश गर्न चाहने जोकोही व्यक्तिले आवेदन गर्न पाउने अधिकार रहेको बताएको छ । यस्तो अधिकार सीमामा आएका वा गैरकानुनी रूपमा देशभित्र प्रवेश गरिसकेका दुवै अवस्थामा कार्यान्वयन हुनेछ । ट्रम्प प्रशासनका तर्फबाट खटिएका वकिलहरूले राष्ट्रिय सुरक्षामा चुनौती देखिएकाले आप्रवासनलाई नियन्त्रण गर्न कार्यकारी शक्तिको प्रयोग गर्नुपरेको तर्क गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah