दमक/झापाको दमक र लखनपुर लगायतको आसपासको क्षेत्र एकदूइदिनभित्रै लोडसेडिङमुक्त हुने भएको छ । लोडसेडिङ गर्नु पर्ने अवस्था नै नरहेपनि बिद्यूत प्राधिकरण र शव स्टेशनको लापरवाहिले लोडसेडिङ भइरहेको खुलासा गर्दै उर्जा मन्त्री जनार्दन शर्मा, उर्जा सचिब अनुप उपाध्याय र बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब यहाँका जनताले लोडसेडिङ भोग्नु नपर्ने बताए ।
आइतवार दमकमा नागरिक अभिनन्दन ग्रहण गरेपछि उनिहरुले आफूहरुले आएर यहाँको बिद्यूत बितरण अवस्था हेर्दा यहाँ लोडसेडिङ गर्नु पर्ने र हुनुपर्ने कारण नदेखेकाले लोडसेडिङ नगर्न र नहुने वातवरण बनाउन भनिसकेको बताए । लखनपुरको शव स्टेशनमा आएर बिद्यूत बितरणको अवस्था बुझेपछि चित्त नबुझेर उनिहरुले माथिल्लो निकायमा त्यहिबाट फोन गरेर लोडसेडिङ गर्नु नपर्ने अवस्था हुदाहुदै के कारण लोडसेडिङ भएको भनेर थर्काएको त्यहाँ सहभागि एकले बताए ।
यसैबीच मन्त्री शर्मा सहित उपाध्याय, घिसिङलाइ उज्याले अभियानमा सहयोग पुर्याएको भन्दै नागरिक अभिननन्द सहितको सम्मान गरिएको थियो । झापाको क्षेत्र नं. ७को तर्फबाट उनिहरुलाई सम्मान गरिएको नागरिक अभिनन्दन मूल आयोजक समितिका संयोजक गोबिन्द बस्नेतले बताए । सह संयोजक अजय अग्रवालका अनुसार दमक जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी, आदिबासी जनजाती महासंघका केन्द्रिय महासचिब नित्यानन्द ताजपुरीया र सचिब शान्ति धिमाललाइ पनि सम्मान गरिएको थियो । माओबादीका नेता गगन पुरीको अगुवाइमा उनिहरुलाइ अभिनन्दन र सम्मान गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah