अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका खराब कार्यहरूूको आलोचना गरेका छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा आरोपित रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका क्रममा जेल पुग्ने कोहेन राष्ट्रपति ट्रम्पको भित्री समूहका पहिलो सदस्य हुन्।

उनले कंग्रेसलाई झूट बोलेको, चुनावी अभियानमा आर्थिक हिनामिना गरेको र करछली गरेको आरोपहरू स्विकारेका छन्।न्यूयोर्कको अदालतमा ५२ वर्षीय कोहेनले आफ्ना सम्पूर्ण अपराधहरूका लागि राष्ट्रपति ट्रम्प जिम्मेवारू भएको आरोप लगाएका छन्।

अपमानित महसुस गर्दै कोहेनले बुधवार न्यायाधीश विलियम पाउलेलाई ट्रम्पले उनलाई उज्यालोतर्फ नभई अँध्यारोतर्फको बाटोमाू धेकेलेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रतिको भक्ति आफ्नो कमजोरीू रहेको र उनका हरेक गलत क्रियाकलापको ढाकछोप आफ्नो कर्तव्य सम्झेको कोहेनले अदालतमा बताएका छन्।

कोहेनलाई मार्च ६ तारिख सम्ममा न्यूयोर्कको ओटिस्भिल कारागारमा उपस्थित हुन भनिएको छ।जेल सजायसँगै उनलाई २० लाख डलर बराबरको आर्थिक जरिवाना तिर्न अदालतले आदेश दिएको छ।

अदालतबाट निस्किँदै गर्दा कोहेनले पत्रकारहरूसँग कुरा गर्न मानेनन्।ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले त्यस विषयमा पत्रकारहरूले राखेको जिज्ञासाप्रति कुनै प्रतिकृया दिएनन्।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah