सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले रोगसंग जुध्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि आगामी दश वर्षको निम्ति तीन अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

उक्त सहयोग राशी क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना लगायत अन्य वैज्ञानिक शोध कार्यमा खर्च गरिने जनाइएको छ।

हासिल

उनीहरुको घोषित उद्देश्य आफ्नै बालबालिकाको जीवनकालभित्र सबै रोगको उपचार, निवारण तथा व्यवस्थापन गरिसक्ने रहेको छ।

मार्क जुकर्बर्ग तथा बालरोग विशेषज्ञ उनकी पत्नी प्रिस्सिला चानले यही शताब्दीभित्र सबै रोग नियन्त्रण गरिसक्ने आफ्ना उद्देश्य सुन्दा बहुलठ्ठीपूर्ण लागे पनि लगन र नवीन शोधले ती हासिल हुन सक्ने बताएका छन्।

उक्त उद्देश्य हासिल गर्न सकिने भन्दै जुकर्बर्गले भने, “हामीले गएको तीन वर्षमा दर्जनौं वैज्ञानिक तथा विज्ञहरुसंग भेट्यौं जसले यो उद्देश्य हासिल गर्न सकिने बताए। यो भनेको कोही मानिस बिरामी पर्ने छैनन् भन्ने होइन कि मानिसहरु एकदमै कम बिरामी पर्नेछन् र परेको खण्डमा चाँडै रोग पहिचान र उपचार हुनेछन् भन्ने हो।”

गत सय वर्षमा विज्ञान तथा औषधि विज्ञानले गज्जबको फड्को मारेको उनीहरुले ‍औंल्याए।

आफ्नो छोरी जन्मने वित्तिकै जुकर्बर्ग दम्पतिले परोपकारमा लाग्ने घोषणा गरे

आफ्नो परोपकारी संस्था चान जुकर्बर्ग इनिसियटिभ मार्फत उनीहरुले सहयोगको ठूलो राशी, करिब पाँच भागको एक भाग, स्यान फ्रान्सिस्कोमा एक अनुसन्धान केन्द्र स्थापना गर्न लगानी गर्ने बताए।

बायोहब भनिने उक्त केन्द्रले वैज्ञानिक, इञ्जिनियर तथा अनुसन्धानकर्ताहरुलाई एक दिगो परियोजना अन्तर्गत औषधि विज्ञानमा नयाँ औजार विकास गर्न, मानव शरीरका सबै कोषको नक्सांकन गर्न, तथा संक्रामक रोग विरुद्ध नयाँ परीक्षण अनि भ्याक्सिन विकास गर्न खटाउने छ।

स्वास्थ्य अनुसन्धानमा परोपकारी लगानी गर्दै आएका अर्का अमेरिकी धनाढ्य बील गेट्सले जुकर्बर्गको घोषणाको प्रशंसा गरेका छन्।

जुकरबर्ग दम्पतिले आफ्नो छोरी जन्मिएलगत्तै सन् २०१५ को डिसेम्बरमा आफ्ना सम्पतिको ९९ प्रतिशत हिस्सा परोपकारमा लगाउने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah