वासिङटन। अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्।

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन्।

ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नेछ। राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ” उल्लेख गरेका छन्।

एकजना वरिष्ट अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए र उनले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गरेका थिए।

ती अधिकारीले भेटका क्रममा दुबै नेताबीच कुनै खास किसिमको विवाद थिएन। तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने उनको भनाइ थियो।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ। ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन्। राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ।

“जनरल म्याटिसको राजीनामा पत्र भर्खर पढें,” फ्लोरिडाका निकै प्रभावशाली रिपब्लीकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै भने। “हामी गम्भीर नीति भूलतर्फ उन्मूख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरुलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”

अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानबाट अर्को वर्षको मध्यसम्ममा झण्डै आधा अर्थात् करिब १४ हजार अमेरिकी सैनिक फिर्ता गर्नेगरी तयारी थालेको छ। तथापी यसबारेमा अन्तिम निर्णय भने हुन सकेको छैन।

अद्यापी म्याटिसले सिरिया मामिला वा अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्यामा भारी कटौती गर्ने बारेमा पत्रमा केही उल्लेख गर्नु भएको छैन। म्याटिसले चीन र रसियाले विश्वभर “सर्वसत्तावादी ढाँचा” को शासन पद्धति फैल्याउन चाहेको र अमेरिकी पछिल्ला नीतिले त्यसलाई मलजल गर्ने देखिएको बताएका छन्।

उनले पत्रमा लेखेका छन्, “त्यहीकारण हामीले साझा प्रतिरक्षा उपलब्ध गराउन अमेरिकी शक्तिका सबै साधनको प्रयोग गर्नै पर्दछ ।”

राष्ट्रपति ट्रम्पले नयाँ रक्षामन्त्रीको चयन चाँडै हुने बताएका छन्। “राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीको कार्य नै राष्ट्रपतिलाई सुझाव दिनु हो र निर्णयकर्ता राष्ट्रपति हो,” ह्वाइट हाउसकी प्रेस सचिव सराह स्यान्डर्सले बताए।

म्याटिसका आलोचकहरुले राष्ट्रपति ट्रम्पका कैयौं आक्रामक कदमहरुलाई कार्यान्वयनमा लैजान म्याटिसले ढिलाइ गरेको बताएका छन्।एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah