काठमाडौं — क्यानडाले चीन जाने आफ्ना नागरिकलाई यात्रासम्बन्धी चेतावनी ट्राभल एड्भाइजरी जारी गरेको छ । एक क्यानडेलीलाई लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएपछि यस्तो चेतावनी जारी गरिएको हो ।

सोमवार एक चिनियाँ अदालतले रोबर्ट लोयड शेलेनबर्गलाई १५ वर्षको कारावास सजायलाई बढाएर मृत्युदण्डको सजाय दिएको छ । उनले डिसेम्बरमा अदालतले दिएको फैसलामाथि पुनरावेदन गरेका थिए ।

अभियोजनकर्ताहरूले लागूऔषध कारोबारमा शेलेनबर्गको प्रमुख भूमिका रहेको नयाँ प्रमाण फेला परेको दाबी गरेपछि पुनः पुर्पक्षको आदेश दिइएको छ ।

‘प्रमाण प्रशस्त र अकाट्य छ अनि आपराधिक अभियोगको बलियो आधार छ,’ अदालतले जनायो । शेलेनबर्गले लियाओनिङ उच्च अदालतमा १० दिनभित्र पुनरावेदन गर्न सक्ने अदालतले जनायो ।

सोमवार अबेर क्यानडाको परराष्ट्र मन्त्रालयले चीनका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै आफ्ना नागरिकलाई स्थानीय कानूनहरूको स्वेच्छाचारी कार्यान्वयको जोखिमको चेतावनी दिएको छ ।

यो मृत्युदण्डको सजायले चीन र क्यानडाबीचको कूटनीतिक तनाव बढ्ने अपेक्षा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बेइजिङसँग कठोर रूपमा प्रस्तुत हुने बताएका छन् ।

द गार्डियनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah