काठमाडौं । झापा सिवसत्तासी नगरपालिका ११ घर भइ हाल बहराइनमा कार्यरत अरूण राउत क्षेत्रीको निधन भएको छ। क्षेत्रीले केही बर्ष डिसी नेपालका लागि बहराइन संवाददाता भएर काम गरेका थिए ।

बहराइनमा रोजगारीका लागि गएका क्षेत्री आफ्नै निवासमा मृत भेटिएका त्यहाँको दूतावास श्रोतले जानकारी दिएको छ।

बहराइनमा उनी आफ्नो रोजगारीसँगै पत्रकारिता र सामाजिक काममा पनि सक्रिय थिए । कलाकारितामा समेत रूची भएका अरूण अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च बहराइनका पूर्व महासचिव हुन् ।

अरूणकी पत्नी पनि बहराइनमै कार्यरत छन् । बुवा-गोबिन्द राउत र आमा मुनादेबीका जेठा छोरा हुन्-अरूण ।

पहिले कार्यरत कम्पनी अलसाहयाको काम छाडेर अरूणले केही महिना अघिदेखि आफ्नै आमाको नाममा मुनादेवी कोल्ड स्टोर खोलेका थिए ।

निम्न आर्थिक पारिवारिक अवस्थाका कारण उनी वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । तर अल्पायुमै उनको निधन भएपछि परिवारमा बज्रपात परेको छ । परिवारको जेठो छोरा एवं मुख्य सहारा रहेका अरूणको अभावमा परिवारमा पीडा र भविष्यको अन्योलता थपिएको छ । दुःखको यो घडीमा उनको परिवारको राहत र सहयोगका लागि डिसी नेपालको पहलमा रकम संकलनको अभियान थालिएको छ । संकलित रकम अरूणको परिवारलाई हस्तान्तरण गरिनेछ । सहयोगी सबैको नामावली र रकम डिसी नेपाल अनलाइन र फेसबुकमार्फत जानकारी गराइनेछ ।

पूर्व सहकर्मीसमेत रहेका अरूणको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारलाई राहातस्वरूप डिसी नेपालले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गो फन्ड मि मार्फत उनको परिवारलाई डिसी नेपाललले एक हजार पाँच डलरको सहयोग गरेको छ ।

अरूणको परिवारलाई सहयोग गर्न इच्छुक महानुभावहरूले गो फन्ड मि को यो लिंकमा गएर चाहेको रहकम सहयोग गर्न सक्नु हुनेछ ।

गो फन्ड लिंक – https://www.gofundme.com/help-arun-chetri039s-family-fund?fbclid=IwAR18J6lizqB9x4tpLZI4lplmxXxxHwaBjbOX0BZch0PzDxI7BgmmhYyZ5gw

‘तपाँइ हाम्रो सानो सहयोग पीडित परिवारको लागि ठूलो राहात हुनेछ’ –डिसी नेपाल बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah