भारत – दिल्लीको शकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा एकाएक बन्दुक पड्केको आवाज आयो र भागदौड मच्चियो ।

वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेकाे बेला नचिनेका मान्छेहरुङ्काे एउटा समूहले बेहुलीमाथि गोली चलाएर त्यहाँबाट फरार भयो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।

भारतकाे मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीबार राति शकरपुरको एउटा पुरानाे शिव मन्दिर धर्मशालामा भइरहेको थियो ।

 

बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो ।

त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिए ।

दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे बताएकाे छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो ।

प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनकाे धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah