भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ ।

यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।

स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपीट हुँदै आइरहेको थियो ।

कुटपीटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो । पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah