दमक÷झापा दमकका औषधि ब्यवसायि नरेन्द्र बस्नेत‘काजी’ नेपाल औषधि ब्यवसायि संघ मेची शाखाको अध्यक्षमा प्रमुख दाबेदार बनेकाछन् । उनको पक्षमा औषधि ब्यवसायिहरु खुलेर लाग्न थालेकाछन् । लामो समयदेखि औषधिको क्षेत्रमा कृयाशिल रहेका बस्नेत बिभिन्न पदमा रहेर काम गरिसकेको अनुभव संगालेकाछन् ।
औषधिको ब्यवसाय कालोबजारी गर्ने, नराम्रो गरेर कमाउने, छिटो धेरै कमाउने भनेर बाहिर भ्रम छर्ने काम भएकाले यसलाइ अन्त्य गर्दै सम्मानित ब्यवसाय हो भन्ने धारणा बिकास गराउनका लागि आफ्नो अध्यक्षको उम्मेदवारी रहेको उनि बस्नेतले बताए । उनका अनुसार अनुमगनकारी निकाय बाहेका बिभिन्न निकायहरुले जथाभावी अनुगमनको नाममा ब्यवसायिलाइ त्रसित बनाउने काम गरिरहेकाले यसलाई रोक्न लाग्ने पनि जनाए ।
संघलाई अन्य बिभिन्न संबघसंस्थासंग समन्वय गरेर अघि बढाउने, ब्यवसायको प्रवद्र्धन सहित यसको मर्यादा, गम्भिरता र संबेदनशिलतालाई उच्च राख्ने आफ्नो प्रतिबद्धता रहेको उनि बताउछन् । ब्यवसायिक सुरक्षा र आत्मसम्मानमा आँच आउन नदिने समेत उनले बताए । औषधी अभिलेखिकरणको लागि आवश्यक तालिम तथा सीप प्रदान गर्ने, औषधि ब्यवसायिका लागि आर्थिक उपचार कोष, मूल्य एक रुपता कायम गराउने लगायतका आफ्ना प्रमुख एजेण्डाहरु रहेको बस्नेत बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय