काठमाडौ । न्यूजील्याण्डमा रहेका एक एयर ट्राफिक कन्ट्रोल कम्पनीले हरेक वर्ष ९५ हजार डलर (करिब १ करोड रुपैयाँ) तलब दिने तयारीको साथ कर्मचारीको माग गरेको छ । जहाँ काम गर्ने कर्मचारीले हप्तामा ४ दिन मात्र काम गर्नु पर्ने जनाएको छ । त्यसका साथै यदि राम्रो काम र अनुभव भएमा ३ लाख डलरजति हुने कम्पनीले जनाएको छ ।
त्यसका लागी कुनै विशेष योग्यता वा कुनै डिग्री नै हासिल गरेको हुनुपर्ने भन्ने नरहेको जनाएका छ । तर आवेदकको उमेर २० वर्ष भन्दा माथि र हाई स्कुल पास गरेको हुनुपर्ने कम्पनीले बताएको छ ।
तर अहिलेसम्म पनि कर्मचारीको अभाव नै रहेको न्यूजील्याण्ड एयरवेजका ट्राफिक जनरल म्यानेजर टिम बोयले जनाएका छन् । किनभने अरु कामको लागी विभिन्न योग्यता भएको मानिसहरु भए पनि यो काम गर्ने मानिसहरु कम मात्रामा छन् ।

यस कामका लागी इच्छा भएर आउने धेरै उमेद्वारहरुलनई केही लोजिकल सिक्वेंस देखाएर कुन सिक्वेंसबाट सिरिज पूरा हुन्छ भन्ने प्रश्न सोधिने हुन्छ । जसमा कमैले मात्र उत्तर दिन सक्ने भएकाले यस क्षेत्रमा काम गर्ने मानिस १०० मा ३ जना मात्र भेटिन्छ । तर यदि पास भएमा १ वर्षसम्म तालिम गर्नुपर्ने कम्पनीले जनाएको छ ।




