अस्ट्रेलियामा एउटी महिलालाई शौचालयमा बस्दा सर्पले टोकिदिएको एक सर्पविज्ञले बताएका छन्।ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा विष नभएको सर्पले उनलाई टोके को थियो।
ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेपछि घाउ लागेको छ।उक्त सर्प समात्ने एक सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र सर्पहरू लुकेर बस्नु सामान्य हो।स्थानीय स ञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घोचेको जस्तो अनुभव भएको बताइन्।

उनले भनिन्, “म शौचालयमा बसेकी मात्रै थिएँ, टोकेकोजस्तो अनुभव भयो। म सुरुवाल तल झारेकै अवस्थामा अत्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।”सर्पले टोकेपछि त्यसको घाउमा उनले एन्टि सेप्टिक लगाएको उक्त सर्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको सर्प समान्यतया विषालु नहुने बताइन्
।जेलेनीले भनिन्,”शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको सर्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आक्र मण गरेको हुनुपर्छ।”प्राय: अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ।ती सर्प विषालु नभए पनि तिनले टोकेमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ।



