काठमाडौं, २० माघ । भ्यालेन्टाइन नजिकिंदै छ । भ्यालेन्टाइनका लागि भारतबाट समेत करोडौं मूल्यको फूल नेपाल भित्रिने तयारी छ । यतिबेला कैयौ जोडीहरु आफ्नो पार्टनरसँगै व्यस्त छन्, भने सिंगल हुनेहरु पार्टनरको खोजीमा छन् ।

यदि पार्टनर नपाएर तनावमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । केही यस्ता एप्स छन् जसको मद्दतले तपाईको भ्यालेन्टाइन पार्टनर खोजी दिन सक्छ ।

१) ओके क्युपिड ( okcupid ) – यो एपको सहायताले आफूसँग जोडी मिल्ने व्यक्तिको प्रोफाइल देख्न सकिने छ । व्यक्तिको प्रोफाइलबाटै तपाई आफूलाई मनपर्ने व्यक्ति रोज्न सक्नु हुनेछ । यस एपमा आफ्नो प्रोफाइल तपाईले आफ्नो सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । एपको फ्रि योजना अन्तर्गत थोरै व्यक्तिसँग च्याट गर्न सकिने छ । ग्रुप च्याटको लागि भने मोवाइल डाटा प्रयोग गर्नुपर्ने हुन्छ ।

२) टीन्डर ( Tinder) – यो संसारकै सबैभन्दा चर्चित डेटिङ एपमध्यकै एक हो । टिंडरमा अनलाइन रहेको व्यक्तिको प्रोफाइल जाचेर लाईक या डिसलाइक गर्नसक्नु हुनेछ । यदि लाईक गरेवापत उताबाट पनि लाइक आयो भने तपाईले एक आपसमा कुरा गर्न सक्नु हुनेछ ।
३) वु ( Woo)– यस एपको सहायताले तपाई आफ्नो जोडी खोज्न सक्नु हुनेछ । यसबाट अन्य प्रयोगकर्ताको प्रोफाइल चेक गरी मनपर्ने पार्टनर रोज्न सकिने छ । यस बाहेक प्रयोगकर्ताले मन परे नपरेकोबारे आफनो विचार व्यक्त गर्न सक्नेछन्, यसका लागि केहि समय पर्खिनुपर्ने हुन्छ । या नयाँ साथीलाई केहि समय दिनुपर्ने हुन्छ । यसबाट दुवैले प्रश्नोत्तर गरेर उपयुक्त पार्टनर रोज्न सकिने छ ।

४) ट्रुली म्याड्ली ( Truely Madly) यो पनि एक डेटिङ एप हो । यसले आफ्नो पावरफुल फिल्टर्सको सहायताले मन मिल्ने साथी खोज्नमा सहयोग गर्दछ । यदि प्रयोगकर्ताको प्रोफाइल फेसवुकसँग जोडिएको छ भने मात्र मिल्ने साथी पाउन सकिने छ । त्यसैले यो एप एकदमै सुरक्षित समेत छ ।

५) बम्वल (Bumble) –यसमा महिलाले नै आफ्नो मिल्ने जोडीको लागि पहल गर्न सक्छन् । प्रयोगकर्ताले समान जोडीसँग २४ घण्टाको फरकमा म्यासेज गर्नुपर्ने हुन्छ । यसरी तपाईलाई हरेक दिन नयाँ व्यक्तिसँग नयाँ सम्बन्ध बनाउने मौका मिल्छ ।

६) हट या नट (Hot or not)- यो एक प्रकारको खेल जस्तै हो । यसबाट आफ्नो वरपर रहेका आकर्षक व्यक्तिलाई खोज्न सक्नु हुनेछ । यसमा फेसवुकको फोटो प्रयोग गरिनुपर्ने हुन्छ । यो एपले तपाईको नम्बर माग्नेछ र आफ्नो वरिपरी रहेका प्रयोगकर्तालाई म्यासेग गर्ने अनुमति दिनेछ । यसमा प्रयोगकर्ताको भेरिफाई गरिएको हुन्छ । जसबाट तपाईले आफ्नो भ्यालेनटाइनका लागि आकर्षक पार्टनर खोज्न सक्नु हुनेछ ।

७) हिच (Hitch)– यसमा आफ्नो वरिपरीका व्यक्ति या सामाजिक घेराभित्र रहेका पार्टनरलाई खोज्न सकिने छ । यस एपको सहायताले नयाँ व्यक्तिसँग कुरा गरी भेट्न पनि सकिने छ । व्यक्तिसँग कुरा गरिसकेपछि आफ्नो प्रोफाइललाई केहि समयका लागि प्राईभेट मुडमा राख्न या लुकाउन सकिने छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah