काठमाडौँ, २३ माघ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भने बिहीबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइते भएकाहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान भइनसकेको र घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा परी १ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेव डाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो ।
गम्भीर घाईतेमध्य ३ जनालाई उद्धार गरी धुलिखेल अस्पताल तर्फ पठाउने तयारी भई रहेको छ भने अन्य घाइतेहरूलाई खुर्कोट स्थित सामुदायिक अस्पताल ल्याइँदै छ ।










