माघ २६ काठमाडौ । नेपालमा प्रचलीत एउटा चलन हो चिनो दिने । अझ गर्मीमा पसिना आउदा पुछ्न एबम दुखमा आँसु आउदा पुछन समेत काम लाग्ने रुमाल चिनोको त महत्व नै छुट्टै । यहि महत्वलाइ दर्शाउदै करीब डेढ दशक अगाडि गायक रेशम थापाले “रुमालै छ चिनो” बोलको गीत गाएका थिए । हाल उनकै प्रस्तुतिमा सोही बोलको चलचित्र निर्माण भएको छ । यस अघि “हे माया सैलुङ्गेमा कुहिरोको घेरो” बोलको गीत र ट्रेलर समेत सार्वजनिक गरेको चलचित्र “रुमालै छ चिनो” समुहले अर्को गीत सार्वजनिक गरेको छ । यहि फागुन १० गते देखि अल नेपाल रिलिजको तयारिमा रहेको चलचित्रको आमा नबस्नु पर्खेर बोलको गीत सार्वजनीक भएको हो ।

नेपाली ठेट लोक शैलिमा बनाइएको यस गीतमा रेशम थापाको शब्द तथा बिरही कार्कीको सङ्गीत र स्वर रहेको छ । युद्दमा सहभागी एउटा सिपाहिले आफ्नो परिवार सम्झिदाको अवस्था झल्काइएको यस गीतमा सुशान्त कार्किको साथमा सन्चिता लुइटेल, मिथिला शर्मा लगायतलाइ देख्न सकिन्छ भने चाचित्रमा किशिर खतिवडा, अप्सना थापा, लक्ष्मण बिक्रम बस्नेत, रश्मि भट्ट, सुरबिर पण्डित, सन्ध्या खड्का लगायतले अभिनय गरेका छन ।

नेपाली चलचित्र जगतकै लागि कोसेढुङ्गाको उदाहरणका रुपमा सफलता हासिल गर्ने लक्ष्यका साथ निर्माण गरिएको दावी गरिएको यश चलचित्रमा रेशम थापाको कथा रहेको छ भने बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्किको सङ्गीत, सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, शिव थारुको सम्पादन रहेको छ । चन्द्र खड्का निर्माता रहेको यश चलचित्रको पटकथा, सम्बाद तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन । तुरुन्तै अर्को चलचित्र निर्देशनको तयारिमा रहेका निर्देशक ठकुरीले आफुले रुमालै छ चिनोमा निकै मेहनत गरेकोले दर्शकको आपार मायाले यसलाई थप पुष्टि गर्नेमा आफू आसावादी रहेको बताए ।
हेर्नुहोस यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah