भ्यालेन्टाइन विक सुरु भइसकेको छ । भ्यालेन्टाइन विकको दोस्रो दिन अर्थात फेब्रुअरी ८ लाई प्रपोज डे का रुपमा मनाईन्छ । भ्यालेन्टाइन भन्ने वित्तिकै हरेक प्रेमिल जोडीहरुको अनुहारमा एक अलग्गै उत्सुकता नजर आउँछ । यो दिन सबैले स्पेशल र अवस्मरणीय बनाउन चाहन्छन् । आफुलाई मनपर्ने मानिसको लागि रोज दिएर सुरु भएको सम्बन्धलाई आज प्रपोज गरेर प्रेम सम्बन्धको सुरुवात गर्न सक्नु हुनेछ ।प्रेमलाई शब्दको जरुरत हुँदैन् । तर, कहिलेकाँही आफ्नो भावनाहरु व्यक्त गर्नको लागि शब्दमा वयान गर्नु जरुरी हुन्छ। प्रेम गर्नु सजिलो हुन्छ तर प्रपोज गर्न उत्तिकै गाह्रो हुन्छ । आज तपाईको प्रपोज डे स्पेशल बनाउनको लागि तपाईलाई केही टिप्स तयार गरेका छौ, जसले पक्कै तपाईको यो दिन अवस्मरणीय बनाउन सघाउ पु¥याउने छ।
१. उपयुक्त स्थान छनौट गर्ने
आफ्नो साथीलाई प्रस्ताव राख्नको लागि सबैभन्दा महत्वपुर्ण उपयुक्त ठाउँ हुनुपर्छ । यस्तो ठाउँ रोज्नुहोस जहाँ तपाईहरु दुवैको यादहरु जोडिएको होस् । शान्त वातावरण भएको रोमान्टिक ठाउँमा जानुहोस् ।
२.आफ्नो ड्रेस अपमा ध्यान दिनुहोस्
यो दिन तपाईको लागि बिशेष हुनसक्छ, त्यसको लागि लुक्समा ध्यान दिनु जरुरी हुन्छ । आफ्नो साथीलाई मनपर्ने कपडा लगाउन सक्नुहुनेछ । हेयरस्टाइलमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ ।
३. परफ्युमकोे प्रयोग गर्नुहोस्
मिठो बास्ना आउने परफ्युम लगाउनुहोस् । महिलाहरु परफ्युमको बास्ना मन पराउछन् ।

कसरी गर्ने प्रपोज ?
– आफ्नो प्रेमिकालाई स्पेशल गिफ्ट दिएर प्रपोज गर्न सकिन्छ । उनलाई मनपर्ने गिफ्ट दिन सक्नुहुनेछ । यदि तपाईलाई मनको कुरा भन्न डर लागेको छ भने कार्ड उपयुक्त ‘अप्सन’ हुन सक्छ । त्यसको लागि अहिले बजारमा रेडिमेड कार्ड पाइन्छ । जुन कार्ड तपाईको भावनासँग मेल खान्छ त्यही छनौट गरेर दिन सक्नुहुनेछ ।
– आफ्नो प्रेमिकालाई रिङ लगाई दिएर प्रपोज गर्न सकिन्छ । केक वा चकलेटमा रिंग लुकाएर गिफ्ट गर्न सक्नुहुनेछ । यो आइडिया तपाईको प्रेमिकाले जिन्दगीभर याद राख्ने छिन् ।
–जमाना इन्टरनेटको छ । आफ्नो साथीलाई सरप्राइज दिनको लागि इन्टरनेटबाट आइडिया लिन सकिन्छ । इन्टरनेटमा थुप्रै आइडिया हुन्छन् । तपाईको साथीलाई मनपर्ने कुनै आइडिया लिन सक्नुहुनेछ ।
–प्रपोज डे को लागि एक भिडियो तयार गर्न सकिन्छ, जसमा मनमा लागेको कुराहरु कलात्मक ढंगले बनाएर आफ्नो साथिलाई पठाउन सकिन्छ । सायद उनलाई तपाईको यो आइडिया मनपर्न सक्छ ।
–प्रपोज गर्नको लागि एक सेतो रंगको टि–सर्ट लिनुहोस् । त्यसमा दुवैको फोटो वा कुनै तस्बिर प्रिन्ट गर्न सक्नु हुनेछ । एकले लगाएर जाने र साथीलाई प्रपोज गर्दै टि–सर्ट दिन सकिन्छ । दुवैले उस्तै डिजाइनको टि–सर्ट लगाएर रोमान्टिक समय विताउन सक्नुहुनेछ ।
–जाडोको मौसम छ त्यसैले आफ्नो प्रियसीसंग ड्राइभमा जान सकिन्छ । रोमान्टिक माहोलमा हातमा हात समाएर प्रपोेज गर्न सकिन्छ । हातको तापक्रमले तपाईको साथीलाई मनमा छुनेछ ।



