फागुन ८ / नेपाल औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा नरेन्द्र बस्नेत (काजी) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धीहरु नरेन्द्र प्रसाद बराल र कञ्चन शर्मा खतिवडालाई पराजित गरे । निर्वाचित बस्नेतले १६६ मत पाए भने पराजित बरालले १५३ र खतिवडाले ३८ मत पाए । यस्तै संघको उपाध्यक्षमा थोकतर्फ गौतम गुप्ता र खुद्रात

र्फ सुरेन्द्र प्रधान निर्वाचित भएका छन् । महासचिवमा बासु दुलाल, सहसचिवमा समिर पोखरेल र उप–कोषाध्यक्षमा ओमबहादुर खड्का निर्वाचित भए ।

कोषाध्यक्षमा गौरी शंकर गुप्ता निर्वारोध निर्वाचित भएका थिए । संघको सदस्यहरुमा सुरज खतिवडा, दिलमाया भट्टराई, विशेश्वर प्रसाद मिश्र, कृष्ण पौडेल, खेमराज काफ्ले र सूर्य घिमिरे निर्वाचित भएको निर्वाचन अधिकृत राजेन्द्र चम्लागाईले जानकारी दिए । संघको ११ औं अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा कूल ४ सय २२ मतदाता मध्ये ३ सय ६२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय