काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘भुर्र भुर्र’ बोलको गीतको स्वरमा स्मितालाई सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालका छोरा शानिध्य खनालले साथ दिएका छन् ।

‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द शैलेन्द्र खनालले लेखेका हुन् भने सुरेश गैरेको संगीत छ । कोबिन्द बज्रको संगीत संयोजन रहेको गीतमा मोडल श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । हेरौँ भिडियोः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/-pyKBORrpkU

जनता समाचार बाट