काठमान्डौ , दुनियाँमा आफ्नो घर नै एउटा यस्तो ठाउँ हो जहाँ मानिसले आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्न पाउँदछ । तर अमेरिकाको टेक्सासमा रहेको एउटा परिवार आफ्नै घरभित्र बस्दा पनि हेलमेट लगाएर बस्नु परेको छ।प रिवारका सबैजना घरमा जतिसुकै बेला हेलमेट लगाउँदछन् । खाना बनाउँदा, खाँदा, ट्वाइलेट जाँदा तथा टेलिभिजन हेर्दा पनि उनीहरु टाउकोमा हेलमेट छुटाउँदैनन् ।ग्यारी गुटरेजको परिवार सन् २०१७ मा जब चर्चामा आयो तब परिवारका केही फोटोहरु सोसल मिडियामा भाइरल बने ।
आखिर घरभित्र हेलमेट लगाउनु पर्नाको कारण के हो त ? कारण मार्मिक छ ।फोटो भाइरल बनेसँगै परिवारको वास्तविक कहानी पनि सार्वज्निक भयो । वास्तवमा आफ्नो ४ महिने छोराको लागि ग्यारी र उनको परिवारले हेलमेट जिन्दगी बिताइरहेका रहेछन् ।ग्या रीकी ४ महिनाका छोरा जोन्स प्लेजियोसेफ्ली नामको रोगबाट पीडित छन् । ग्यारीले जोन्सको उपचार धेरै डाक्टरहरुसँग गराए । एकजना डाक्टरले उनलाई बच्चाको टाउकोमा सधै हेलमेट लगाइदिन सल्लाह दिए जस का कारण टाउकोको आकारमा सुधार हुने स म्भावना छ ।
उक्त रोग लागेका बच्चाहरुको मस्तिष्कको आकार औषत भन्दा ठूलो हुन्छ । सोही कारण बच्चाको टाउकोमा हेलमेट लगाइदिन्छ ।तर जोन्सले हेलमेट लगाउने नमान्ने । सोही कारण ग्यारीको सबै परिवारले घरभित्र हेलमेट लगाउने निर्णय गरे ता कि जोन्सले पनि हेलमेट लगाउनु पर्ने रहेछ भन्ने सोचेर हेलमेट लगाओस् । हुँदा हुँदा उनकी छोरीले पनि भाइको लागि हेलमेट लगाउन सुरु गरिन्।ज बसम्म जोन्सको टाउकोको आकार सही हुँदैन, त्यसबेला सम्म हेलमेट लगाउने सोच उनीहरुको छ ।



