काठमाडौँ । हिजो आईतबारको तुलनामा आज सोमबार युके पाउण्ड र कुवेती दिनार सहित केही देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९७ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा छ।
त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ। यसअघि कुवेती दिनारको मूल्य ३७१रुपैयाँ रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ४ पैसा रहेको छ ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




