काठमाडौं । आज साताको चौँथो दिन बुधबार सुनको मुल्य ह्वात्तै बढेको छ। आज बुधबार छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार ६२ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा आज ६ सय रुपैयाँमा बढेको हो।

त्यस्तै आज तेजावी सुनमा पनि ६ सय रुपैयाँले बढेको छ। आज तेजावी सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, आज चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदीको भाउ ७७५ रुपैयाँ रहेको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।